मङ्गलबार, १९ अगस्ट २०२५

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

News Image
• • •

सहिद स्मारक 'ए डिभिजन लिग'को सातौ चरणको दोस्रो खेलमा आज तीन खेल हुँदैछ। 

आईतबार हुने दुई खेलहरू दशरथ रगंशाला र एक खेल एन्फा कम्लेप्कसमा हुँदैछ। हिमालयन र्शपा क्लब र न्यू रोड टिम (एनआरटी)बीच खेल दिउँसो २ बजे एन्फा कम्लेप्क्समा हुँदैछ भने, सोही समयमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच दशरथ रगंशालमा प्रतिस्पर्धा हुनेछ। त्यस्तै, बेलुका ०५:४५ मा सातोबाटो युथ क्लब र त्रिभुवन आर्मी बीच खेल हुनेछ। 

छैँटौ चरणको खेल सकिँदा हिमालयन र्शपा क्लब ६ अंक जोडी तालिकाको १० औँ स्थानमा छ भने, एनआरटी ३ अकं जोडी १३औँ स्थानमा छ। त्यस्तै,संकटा क्लब ९ अकं जोडी ७ औँ स्थानमा छ।  मछिन्द्र फुटबल क्लब भने, ६ अंक जोडेर खेलेको ११ औँ स्थानमा छ। 

सातोबाटो युथ क्लब १२-अंक जोडेर खेल तालिकाको चौथो स्थानमा रहेको छ। छैँटौ चरणसम्म आइपुग्दा  त्रिभुवन आर्मी क्लब ८- अंक जोडर तालिकाको ८ औँ स्थानमा रहेको छ।

आइतबार, चैत्र २६, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!