ध्रुब बस्याल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निकालिएका सांसद ढाकाकुमार श्रेष्ठले सभापति रवि लामिछानेको घुस माग्ने ‘कोर टिम’का सदस्यलाई लुकाउन खोजेको आरोप लगाएका छन्।
पार्टीबाट निष्कासित भएलगतै बिएल नेपाली सेवाको टेलिफोन सम्पर्कमा आएका उनले अडियो सुनेकै भरमा सभापति लामिछाने र महामन्त्री मुकुल ढकालले प्रक्रिया पूरा नगरेर नियोजित रुपमा पार्टीबाट निकालेको दुःखेसाे गरेका छन्।
रास्वपाले सभापतिको ‘कोर टिम’लाई बचाउन र उपनिर्वाचनमा ‘स्टन्टबाजी’ गर्नका लागि आफूलाई कारबाहीको नाटक गरेको ढाकाकुमारले बताएका छन्।
उनकाे भनाइ जस्ताकाे तस्तै—
‘मलाई पार्टीबाट निष्कासन गरेको समाचार भर्खंरै सुनेँ तर अचम्म लागेको छ। एउटा नक्कली अडियो सुनेको भरमा कारबाही गर्न मिल्छ ? रविजी आज भोलि खुब् नैतिकताको कुरा गर्नुहुन्छ ? उहाँ र उहाँको कोर टिमलाई चाहिँ नैतिकताको प्रश्नले छुँदैन ? आफ्नो कोर टिमलाई बचाउनका लागि मलाई चाहिँ कारबाहीको नाटक गर्नुपर्छ ? रास्वपामा मेरो पनि लगानी छ। त्यो आर्थिक होस् या भौतिक। मैले यो पार्टीमा पसिना बसाएको छु। मेरो इमान्दारिता मरेको छैन। तर, मेरा सभापतिलाई मेरो एउटा गम्भीर प्रश्न छ, के सूर्य हत्केलाले छेकेर छेकिन्छ ? मैले आजको दिनसम्म इमान्दारितापूर्वक काम गरेको छु। भ्रमका पर्दाहरू विस्तारै खुल्दै जानेछन्, बस् यत्ति भन्न चाहन्छु।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया