बालेनलाई सिंहदरबारको काउन्टर– एक वर्ष फोहोर नउठाए पनि केही फरक पर्दैन (भिडियोसहित)

BreaknLinks
BreaknLinks

चैत २५ गतेदेखि सिंहदरबारको फोहोर उठेकाे छैन। सिंहदरबारमा बस्ने नेताहरुलाई विभिन्न आरोप लगाउँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सिंहदरबारको फोहोर नउठाउने चेतावनी दिएका थिए। त्यसपछि प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न मन्त्रालयहरु रहेको सिंहदरबारको फोहोर नउठेको हो।

प्रमुख साहले आफूले महानगर सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाही हुँदै आएकाले उक्त निर्णय लिनुपरेको सामाजिक संञ्जालमा लेखे। उनले आफूले गरेका सुधारका प्रयास र सरकारी निकायबाट भएका बेवास्ताका १४ उदाहरण पनि सार्वजनीक गरे।

प्रमुख साहको फोहोर नउठाउने कदम विशेषतः गृहमन्त्रालयबाट सहयोग नपाएको हुन सक्ने देखिएको छ। फोहोर नउठाउने चेतावनी दिएको केही दिनअघि तीनकुने गौरीगाउँस्थित बाग्मती करिडोरमा रहेका अवैध संरचना हटाउन महानगर टोलीलाई आवश्यक सुरक्षा उपलब्ध गराउन साहले गृहमन्त्रालयसँग सहयोग मागेका थिए। गृहमन्त्रालयले सहयोग नगरेपछि उनले अवैध संसचना हटाउन सकेनन्। त्यही झोँकमा उनले सिंहदरबारको फोहार नउठाउनेदेखि सडकपेटीमा रहेको प्रहरीको बिटसमेत हटाउन उर्दी गरेका थिए।

एक हप्तादेखि सिंहदबारको फोहोर लिन नआएको बिएल नेपाली सेवासँग एक कर्मचारीले महानगरले फोहोर नउठाउँदैमा समस्या नहुने ठोकुवा गरे। सिंहदबारमा जत्ती सफाइ अन्य ठाउँमा नहुने बताउँदै एक वर्षसम्म फोहोर नउठाउँदा पनि कुनै संकट नहुने उनको भनाइ छ।

‘सिंहदबारको फोहोर एक हप्तादेखि  महानगरले उठाएको छैन, फेरि त्यति धेरै फोहोर पनि हुँदैन। महानगरले फोहोर नउठाउदैमा त्यति धेरै संकट हुँदैन किनभने कागज, बोतल, फलामलगायत नकुहिने फोहोर ‘कवाडीवाला’ले लगिहाल्छन् बाँकी कुहिने फलफूलको बोक्रा लगायत कम्पोष्ट मल बनाइहाल्छौँ,’ ती कर्माचारीले भने, ‘सिंहदबार सबैभन्दा सफा ठाउँ हो। एक वर्षसम्म फोहोर नउठाउँदैमा केही हुन्न। खाडल बनाएका छौँ, कागज ‘कवाडीवाला’ले लान्छ कुहिने फोहोर मल बन्छ।’

महानगरको गैरजिम्मेवार अविव्यक्ति

महानगरले यस्तो कदम चाल्नु गैरजिम्मेवारी कदम हो। संघीय सरकारबाट पाउने विभिन्न सेवा सुविधादेखि अन्य कुरामा समेत सहकार्य गर्नुपर्ने भएकाले यस्तो गतिविधिले नकारात्मक सन्देश जाने देखिएको छ। काठमाडौं महानागर सहप्रवक्तता दिपक अधिकारीले सिंहदबारको फोहोर उठाउने जिम्मा महानगरको नभएको गैरजिम्मेवारी अभिव्यत्ति दिएका छन्। सहप्रवक्ता अधिकारीले भने, ‘हाम्रो मान्छे केही दिनदेखि फोहोर लिन नगएको सत्य हो। फेरि सिंहदरबारको फोहोर उठाउने हाम्रो जिम्मा पनि त होइन। कानुनअनुसार स्थानीय तहको जिम्मेवारी भए पनि किन नउठाएको भन्न मिल्दैन।’

नेपालको कानुनअनुसार आफ्नो क्षेत्रको फोहोर व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहको हुने लेखिएको छ। तर, देशको प्रमुख प्रकाशकीय केन्द्र सिंहदरबारसहित अन्य उच्च ओहोदाका व्यक्तिका कार्यालय र निवासहरूको फोहोर व्यवस्थापनका लागि समन्वय गर्ने जिम्मा सहरी विकास मन्त्रालय अन्तर्गतका निकायलाई पनि दिइएको पाइन्छ।

त्यो अन्तर्गतको हाल सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले सिंहदरबारसहित राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री कार्यालय एवम् निवास र मन्त्री निवासको फोहोर व्यवस्थापनका लागि समन्वय गर्ने जिम्मा पाएको छ। तर, बोलपत्र आह्वान गरेर उक्त कार्यालयले फोहोर व्यवस्थापन गर्न निजी क्षेत्रलाई जिम्मा दिएको सूचना अधिकारीले बताए।

बालेनले उठाएका विषय कति जायज ?

नरायण गाउँले नामक फेसबुक प्रयोगकर्ताले बालेनले फोहोर नउठाउने बताउँदै लेखेको स्टाटसमा आलोचित सर्मथन जनाएका छन। उनले लेखेका छन्, ‘यो निर्णय थोरै अराजक जस्तो देखिएको पक्कै हो, तर यसले दशकौंदेखिका जब्बर अराजकताहरूलाई चुनौती दिएको छ। फलाम काट्न फलाम नै चाहिने रहेछ। तपाईंको धार अझै धारिलो बनोस्। शुभकामना।’

भिडियाे:

फाेटाे भिडियाे: रविन पुन मगर (आइडु)

प्रकाशित मिति: : 2023-04-16 22:00:00

प्रतिकृया दिनुहोस्