आइतबार, १७ अगस्ट २०२५

फिलिपिन्समा जहाज ठोक्किँदा एक जनाको मृत्यु, तीन बेपत्ता

Photo - uniindia
• • •

फिलिपिन्सको कोरेगिडोर टापुमा विदेशी झण्डा दुईवटा बोकेका जहाज एकापसमा ठोक्किँदा एक जनाको मृत्यु हुनाका साथै तीन जना बेपत्ता भएका छन्।

फिलिपिन्सको कोस्ट गार्ड (पीसीजी)ले शनिबार जनाएअनुसार ती दुई जहाज मध्येएउटा सिएरा लियोन ध्वजा वाहाक जहाज पल्टिँदा चालक दलसहित २० जना घाइते भएको र तीमध्ये १६ जनालाई शुक्रबार उद्धार गरिएको छ भने एक जना चालक दलका सदस्यको शव शनिबार भेटिएको बताइएको छ।

त्यसैगरी पीसिजीले मार्शल टापुको ध्वजावाहक जहाजका सबै २१ जना चालक दल सुरक्षित रहेको बताएको छ। बेपत्ता चालक दलको खोजी र उद्धारकार्य जारी छ।

शनिबार, बैशाख १६, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)