मङ्गलबार, १२ अगस्ट २०२५

पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

News Image
• • •

जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको हाे।

शरणार्थी प्रकरणमा मुछिएपछि खाणलाई अनुसन्धानका लागि मैजुबहालस्थित उनकै निवासबाट बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएकाे थियाे। उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर लगिएकाे थियाे। खाँणलाई प्रहरी परिसर काठमाडौँले म्याद थपका लागि जिल्ला अदालत लगेकाेमा ४ दिन हिरासतमा दिएकाे हाे।

उक्त प्रकरणमा बुधबार नै पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन्। प्रहरीले उनलाई जडीबुटीबाट पक्राउ गरेको हाे।

नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या १२ पुगिसकेकाे छ। यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ।

उक्त घटनाका अर्का आरोपित नेकपा (एमाले) का सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ।

उक्त प्रकरणमा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिइसकेको बताइएको छ। उक्त घटनाका पीडितहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको जाहेरीमा उल्लेख गरेका छन्।

बुधबार, बैशाख २७, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)