बिएल संवाददाता
अङ्गोलाको राजधानी लुआण्डामा आइतबार बिहान सबेरै अनियन्त्रित कारले भीडलाई ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार तीव्र गतिमा रहेको कार चालकले गाडीमाथि नियन्त्रण गुमाएपछि लुआण्डाको तालाटोना नगरपालिकाको कमामा क्षेत्र नजिकै उभिरहेका १२ जना पैदलयात्रीमा ठोक्किएर पल्टिँदा सो दुर्घटना भएको हो।
राष्ट्रिय प्रहरी प्रवक्ता नेस्टर गोवेलले बताएअनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात घाइतेलाई उपचारका लागि लुआण्डा जनरल अस्पताल लगिएको छ। घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनापछि घटनास्थलबाट भागेका टोयोटा हिलिक्सका चालकको खोजी भइरहेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया