कोलकातालाई एक रनले हराउँदै लखनऊ प्लेअफमा

फाइल तस्बिर
फाइल तस्बिर

कोलकाता नाइट राइडर्समाथि १ रनको रोमाञ्चक जित निकाल्दै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को प्लेअफमा प्रवेश गरेको छ। घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा रिंकु सिंहले सानदार ब्याटिङ गरे पनि कोलकाताको जितको नजिक पुगेर पराजित भएकाे हाे।

कोलकातालाई जितबाट रोक्न लखनउका रवि बिश्नोइ र यश ठाकुरले २/२ तथा क्रुनल पाण्ड्या र कृष्नपप्पा गोथामले समान एक/एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नखनउले खराब सुरुआत गरेपनि निकोलस पुरनको उत्कृष्ट ब्यनटिङमा ८ विकेट गुमाएर १७६ रन भएकाे थियाे।

रिंकुले अविजित ६७ रन बनाए पनि १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले ७ विकेट गुमाएर १७५ रन बनायो। यस सिजन उत्कृष्ट फर्ममा रहेका रिंकुले ३३ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे। ओपनर ज्यासन रोएले ४५ र वेनकाटेश अयेरले २४ रन बनाए।

प्लेअफ पुग्ने होडमा रोएल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र राजस्थान रोएल्स छन्। आइतबार लिग चरणका अन्तिम दुई खेलपछि प्लेअफ पुग्ने थप एक टोली टुङ्गो लाग्नेछ। आइतबार मुम्बईले सनराइजर्स हैदरवाद तथा बेंगलोरले लिग लिडर गुजरातसँग खेल्दैँछ।

प्रकाशित मिति: : 2023-05-21 06:35:00

प्रतिकृया दिनुहोस्