डिल्ली पाण्डे
मदिरा, लागुऔषध र अवैध धन्दाको अखडा बनेको कैलाली जिल्ला कारागारमा ‘अनुगमन’ गर्न गएका एक जना प्रहरी अधिकारीलाई कैदीबन्दीहरूले आक्रमण गरेका छन्।
शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्ला कारागार अनुगमन गर्न प्रहरीको एउटा टोली खटाएको थियो। अनुगमनका लागि खटिएका असई भुपेन्द्र सामन्तमाथि कैदीबन्दीहरूले आक्रमण गर्दा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैललीले जनाएको छ।
अनुगमनका लागि त्यहाँ खटिएको प्रहरी टोलीले कैदीबन्दीहरूले चलाउँदै आएको १५ थान मोबाइल सेट, ३३ थान चार्जर र भारतीय १ लाख ४ हजार रुपैयाँ बरामदसमेत गरेको छ।
यसअघि बिएल नेपाली सेवाले त्यो कारागारमा दैनिक मदिरा पार्टीदेखि लागुऔषधको धन्दा मौलाउँदै गएको भिडियो रिपोर्ट सार्वजनिक गरेको थियो। त्यसमा जेलर (कारागार प्रमुख) पदमराज तिमिल्सिनाकै मिलोमतो रहेको तथ्य बिएल नेपाली सेवाले सार्वजनिक गरेको थियो।
कारागारभित्रका नाइके, भाइ-नाइके, चौकीदार तथा बहीदारको मिलेमतोमा कारागारभित्रै लागुऔषध कारोबारदेखि मदिराको कारोबार र गुण्डागर्दी हुने गरेको छ। जसको परिणामस्वरुप जेठ २२ गते कैदी र थुनुवाबीच कुटाकुट भएको थियो।
लागुऔषध तथा यस्ता अनेक अवैध धन्दाहरू मौलाउँदै गए पनि स्थानीय प्रशासनले भने खासै वास्ता गरेको थिएन। कैलाली कारागारमा प्रशासनको मिलेमतोमा कारागारभित्र लागुऔषध कारोबार भएका घटनाहरू यसअघि पनि सार्वजनिक भएका थिए।
बिएल नेपाली सेवाले प्राप्त गरेको एउटा भिडियोमा कारागारभित्रै लागुऔषध खैरो हिरोइनको कारोबार भएको देखिन्छ। कैलाली कारागारको क्षमता १५० जनाको हो। तर, अहिले ६ सय ६५ जनाभन्दा धेरै कैदीबन्दीहरुलाई त्यहाँ राखिएको छ।
भिडियाे :
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया