आइतबार, ०३ अगस्ट २०२५

‘इन्दिरा गान्धी’ को कारण ‘मिस युनिभर्स’ बनेकी सुस्मिता सेन (फोटोफिचर)

photo–sushmita sen/facebook
• • •

भारतकी पहिलो मिस युनिभर्स हुन्, सुस्मिता सेन। उमेरले ४८ वर्ष पुगिसकेकी उनी युनिभर्सको प्रतिस्पर्धामा दिएको जवाफको कारण अहिले पनि चर्चामा छिन्। 

सन् १९९४ मा उनलाई सोधिएको प्रश्न थियो, ‘यदी तपाईलाई कुनै ऐतिहासिक घटनालाई बदल्न चाहनुहुन्छ भने त्यो के हुनेछ।’ उसको जवाफ थियो, ‘इन्दिरा गान्धीको मृत्यु।’ त्यही जवाफले उनलाई मिस युनिभर्सको उपाधि दिलायो। 

आफ्नो आकर्षक लुक्स र आकर्षक व्यक्तित्वको कारण उनले लाखौँ जनाको मन जितेकी छिन्। आफूलाई विश्वभर चिनाउन सफल भएकी सुस्मिता बलिउडकी चर्चित अभिनेत्री समेत हुन्। जसले आफ्नो अभिनयको कारण करोडौं फेन्स बनाएकी छिन्। 

आफ्नो करिअरमा गरेको प्रगतिको कारण चर्चाकी पात्र बनेकी सुस्मिताले अफेयरको कारण पनि उत्तिकै चर्चा बटुलेकी छिन्। 

आफूभन्दा १५ वर्ष सानो उमेरको केटासँग प्रेम सम्बन्धमा रहँदा उनले धेरै आलोचना खेपेकी थिइन्। उमेरले झण्डै पाँच दशक टेक्न लागेकी सुस्मिता हालसम्म अविवाहित छिन्। 

 

बिहिबार, असार २१, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)