आइतबार, ०३ अगस्ट २०२५

ललितपुर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

News Image
• • •

ललितपुर महानगरपालिका र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनि सम्बन्ध कायम भएको छ।

बुधबार ललिपुरमा आयोजित एक कार्यक्रम गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र मालिका गाउँपलिका गुल्मीका अध्यक्ष देवीराम अर्यालले  समझदारी पत्रमा हस्ताक्षर गरेपछि भगिनि सम्बन्ध कायम भएको हो। 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्ध गाँस्नु भनेको दुखसुख आदानप्रदान गर्नु भएको बताए। उनले भने, ‘हामी मित हौंं, दुःख सुख साट्छौं, सहयोग गर्छौ।’ 

महर्जनले मितेरी सम्बन्धमा रहेका दुई पालिकामा भएका असल अभ्यास  आदानप्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। उनले भगिनी सम्बन्धमा गाँसिएको मालिका गाउँपालिकालाई सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन्। 

ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले भागिनी सम्बन्ध गाँस्नु राम्रो भएको बताउँदै भगिनी सम्बन्धले पालिकाहरुबीच सौहार्दता कायम हुने  विश्वास व्यक्त गरिन्। 

उनले भनिन्,‘भगिनी सम्बन्ध गाँस्नु ठूलो कुरा होइन ,सम्बन्धको प्रगाढता हुनु महत्वपूर्ण हो। यो सम्बन्धलाई थप प्रगाढ बनाउन सीप, संस्कार र उत्पादन आदानप्रदान गर्नुपर्ने छ। काम गर्न सक्यौं भने हाम्रो सम्बन्ध दिगो हुन्छ , प्रगाढ हुन्छ।’ उनले भनिन्।

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले कला, संस्कृति र  सम्पदाको यस्तै मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले  कला, संस्कृति र  सम्पदाको महानगरसँग दुरदराजको गाउँपालिकाले भगिनी सम्बन्ध गाँस्न पाउनु गौरवको कुरा भएको बताए। अर्यालले मालिका गाउँपालिका लाभान्वित हुने विश्वास व्यक्त गरेका छन्।

बुधबार, असार २०, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)