
बिएल संवाददाता
समाजमा हुने आपराधिक घटना कम गर्न र शान्तिसुरक्षा कायम राख्न रामपुरका विभिन्न स्थानमा सोलार बत्ती जडान गरिएको छ।
रामपुर नगरपालिकाले बजार क्षेत्र, मुख्य चोक, सार्वजनिक स्थान र पर्यटकीय क्षेत्रमा गरी सात स्थानमा सोलार बत्ती जडान गरेको छ।नगरपालिका कार्यालय परिसर, बेझाड बजार, सदावर्त चोक, तालपोखरा, कालीआँप, किसानबारी बजारमा सोलार जडान गर्ने काम भएको छ।वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ससर्त अनुदानमा नगरपालिकाले सडक तथा चोकमा खम्बासहित स्वचालित सोलार बत्ती जडान गरेको हो।
रामपुर चारतिरैको नाकाका भएकाले चोरी, डकैती, विभिन्न आपराधिक क्रियाकलापका गतिविधि बिस्तारै बढ्न थालेकाले शान्ति सुरक्षा कायम गर्न मुख्य क्षेत्रमा सौर्य बत्ती जडान गरिएको नगरप्रमुख रमणबहादुर थापा बताउछन्। 'कालीगण्डकी करिडोर सडकमार्गले रामपुर देशका ठूला सहरसँग जोडिन पुगेको छ', उनले भने, 'रामपुरलाई मुख्य नाका बनाएर आवतजावत गर्ने भएकाले निकट भविष्यमा हुन सक्ने आपराधिक घटना, चोरी, डकैटीलाई दृष्टिगत गर्दै शान्ति व्यवस्था कायम गर्न बत्ती जडान गरिएको छ।'
उनले नगरको सौन्दर्यता र सुरक्षाका लागि अहिले पहिलो चरणमा आवश्यक स्थानमा बत्ती जडान गरिएको र अन्य स्थानमा पनि बत्ती जडानलाई विस्तार गर्दै जाने बताए। ठाउँ–ठाउँमा बत्ती जडान गरिएपछि नगरको शान्तिसुरक्षामा धेरै सघाउ पुग्ने रामपुर बेझाडका स्थानीय मणिराज तिवारी बताउछन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया