आइतबार, ०३ अगस्ट २०२५

पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य

बिएल संवाददाता

बिएल संवाददाता

किमाथाङ्का
News Image
• • •

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन्। विस्थापित ९७ परिवार त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउँदै आएका छन्।

विसं २०७९ असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए। सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित परिवारको बिचल्ली भएको छ।

पहिराले घर बगाएका पीडितसित ओत लाग्ने ठाउँ छैन। पहिराबाट विस्थापित परिवारमध्ये २५ परिवार चित्रे, १२ परिवार बखल्टुमटार र अन्य खाँदबारीमा अस्थायीरूपमा बसिरहेका गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले जानकारी दिएका छन्। 

'भवन निर्माणका लागि बजेटको अभाव छ', उनले भने। गाउँपालिकाले पहिरोपीडितको आवास निर्माणका लागि रु पाँच लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ। पहिरोपीडितका लागि सङ्घीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो। पानी पर्न थालेपछि उनीहरुलाई घर बगाउने चिन्ता रहन्छ।

जोखिम भए पनि अन्यत्र जाने ठाउँ नभएपछि केही परिवार बेसिन्दामै बसिरहेका छन्। गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिले खाँदबारी नगरपालिका– ७ स्थित भैरेडाँडामा ५५ परिवारका लागि ६९ रोपनी जग्गा रु एक करोड ३० लाखमा खरिद गरिसकेको छ। तर भवन निर्माणको भने टुङ्गो लागेको छैन।

शुक्रबार, असार २९, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)