बिएल संवाददाता
राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडर्स प्रालिको गोदाममा छापा मारेको छ।
एक क्विन्टल सुन बरामद प्रकरणमा संलग्न देखिएपछि गोदाममा छापा मार्दा ६६ वटा ‘ब्रेक शु’का प्याकेट बरामद गरिएकाे छ। त्योसँगै विभागले दुइटा सुटकेससमेत बरामद गरेकाे अधिकारीहरूले जनाएका छन्।
सुन बरामद प्रकरणमा जोडिएको रेडी ट्रेडर्स प्रालिले हङकङबाट ल्याउँदै गरेको 'ब्रेक शु' साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि ट्याक्सीबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको सय किलो सुन तस्करीको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमासमेत आज दिउँसाे छापा मारेको छ।
राजस्व अनुसन्धान विभागको टोलीले उनको कमलपोखरीस्थित निवासमा छापा मारेको प्रहरीनिकट स्राेतले जनाएकाे छ।
साउन २ गते त्रिभुवन विमानस्थलबाट सय किलो अवैध सुन बरामद गर्नुभन्दा केही समयअघि भारत, दुबई र हङकङको शङ्कास्पद भ्रमण गरेको पाइएपछि उनको घरमा छापा मारिएको बताइएको छ। छापा मारेको बेला अडुकिया घरमा थिएनन्। उनी भागिसकेको अनुमान गरिएको छ।
राजश्व अनुसन्धान विभागले सय किलो सुनको मालिक डुकिया हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। सुन आयात गर्ने रेडी ट्रेडर्स अडुकियाकै योजनामा खोलिएको कम्पनी हुन सक्ने सम्भावना देखिएको छ।
उनी नेपालमा जन्मेका भएपनि भारतीय नागरिकता र राहदानीवाहक हुन्। उनले जेड ६३९६४२१ नम्बरको भारतीय राहदानी बोकेर विदेश आउजाउ गरेको देखिन्छ।
राकेशले पछिल्लो छ महिनामा हङकङ जान नयाँ दिल्ली,बैंकक र दुबई रुटसमेत प्रयोग गरेको पाइएको छ।
तस्वीर सौजन्य : पत्रकार अमित भट्ट
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया