बिएल संवाददाता
राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडर्स प्रालिको गोदाममा छापा मारेको छ।
एक क्विन्टल सुन बरामद प्रकरणमा संलग्न देखिएपछि गोदाममा छापा मार्दा ६६ वटा ‘ब्रेक शु’का प्याकेट बरामद गरिएकाे छ। त्योसँगै विभागले दुइटा सुटकेससमेत बरामद गरेकाे अधिकारीहरूले जनाएका छन्।
सुन बरामद प्रकरणमा जोडिएको रेडी ट्रेडर्स प्रालिले हङकङबाट ल्याउँदै गरेको 'ब्रेक शु' साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि ट्याक्सीबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको सय किलो सुन तस्करीको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमासमेत आज दिउँसाे छापा मारेको छ।
राजस्व अनुसन्धान विभागको टोलीले उनको कमलपोखरीस्थित निवासमा छापा मारेको प्रहरीनिकट स्राेतले जनाएकाे छ।
साउन २ गते त्रिभुवन विमानस्थलबाट सय किलो अवैध सुन बरामद गर्नुभन्दा केही समयअघि भारत, दुबई र हङकङको शङ्कास्पद भ्रमण गरेको पाइएपछि उनको घरमा छापा मारिएको बताइएको छ। छापा मारेको बेला अडुकिया घरमा थिएनन्। उनी भागिसकेको अनुमान गरिएको छ।
राजश्व अनुसन्धान विभागले सय किलो सुनको मालिक डुकिया हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। सुन आयात गर्ने रेडी ट्रेडर्स अडुकियाकै योजनामा खोलिएको कम्पनी हुन सक्ने सम्भावना देखिएको छ।
उनी नेपालमा जन्मेका भएपनि भारतीय नागरिकता र राहदानीवाहक हुन्। उनले जेड ६३९६४२१ नम्बरको भारतीय राहदानी बोकेर विदेश आउजाउ गरेको देखिन्छ।
राकेशले पछिल्लो छ महिनामा हङकङ जान नयाँ दिल्ली,बैंकक र दुबई रुटसमेत प्रयोग गरेको पाइएको छ।
तस्वीर सौजन्य : पत्रकार अमित भट्ट
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया