
बिएल संवाददाता
‘वर्ल्ड स्कुल टिम च्याम्पनसिप- २०२३’ मा नेपालबाट यु- १२ विश्व चेस खेल्न जाने पाँच खेलाडीलाई बिदाइ गरिएको छ।
काजकिस्तानको अक्ताउ सिटीमा अगस्ट २ देखि ८ सम्म चल्ने सो यु- १२ समूहकाे प्रतिस्पर्धामा पाँच जनामध्ये चार खेलाडी काठमाडौँको त्रियोग हाइ स्कुलका रहेका छन्।
अन्तर्राष्ट्रिय बुद्दिचाल दिवसको उपलक्ष्यमा आयोजना भएको तेस्रो त्रियोग अन्तर्विद्यालय चेस प्रतियोगिताअन्तर्गत कक्षा ८ देखि १० बीच भएको प्रतिस्पर्धामा सुप्रभसागर श्रेष्ठ र शिवानी रिजाल च्याम्पियन भएका थिए।
त्यस्तै कक्षा ६ र ७ को चेस प्रतिस्पर्धामा त्रियोग स्कुलका छात्रतर्फ संयम पाण्डे दोस्रो भएका थिए भने छात्रातर्फ परिधी खत्री दाेस्राे भएकी थिइन्।
त्यसैगरी कक्षा १ देखि ३ सम्म भएको प्रतियोगितामा त्रियुगाका छात्रतर्फ प्रसुन मल्ल दोस्रो भएका थिए। भने, छात्रातर्फ त्रियुगकी एभिका सापकोटा तेस्रो भएकी थिइन्।
त्यस्तै विश्व स्कुल टिम च्याम्पनसिपमा त्रियुगका परिधी खत्री, सम्मपन्न ब्रजाचार्य, विश्वस्त मरासिनी र त्रिलोक बुर्लाकोटीले सहभागीता जनाउँदै छन्। त्रियोग हाइ स्कुलको यो तेस्रो संस्करणको थियो, जहाँ ३५ स्कुलबाट दुई सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
विश्व चेस खेल्न जाने चार खेलाडी सहित अफिसियलाई शुक्रबार बिदाई गरिएको छ।
यस्तो छ विश्व चेस खेल्ने टाेली :
दीपा भट्ट (कप्तान)
विश्वस्त मारिसिनी (खेलाडी)
परिधी खत्री (खेलाडी)
त्रिलोक बुर्लाकोटी (खेलाडी)
सम्पन्न ब्रजाचार्य (खेलाडी)
सगुना शाक्य (अफिसियल)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया