
बिएल संवाददाता
एनएमबी कपअन अन्तर स्कुल यू-१४ फुटबल प्रतियोगिताको उपाधि चेल्सी वर्ल्ड स्कुलले जितेको छ।
बूढानीलकण्ठ नगरपालिका-१० स्थित कपन स्पोटस सेन्टरमा भएको खेलमा चेल्सीले मनकामनालाई १-० ले पराजय भएको हो।
गत बुधकारदेखि सुरु भएको सो प्रतियोगितामा २९ वटा स्कुलको ३० टिमले प्रतिस्पर्धा गरेको थियो। एनएमबी बैंकले प्रायोजन गरेको सो प्रतियोगिताको क्वाटरफाइनल, सेमिफाइनल र फाइनल आजै भएको थियो।
पहिलो दिन बुधबार समूह सी’ बाट चेल्सी वर्ल्ड स्कुल र समूह ‘डी’ बाट रिब्स ‘ए’ (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) ले अन्तिम आठको यात्रा तय गरेका थिए।
यता, दोस्रो दिन शीर्ष स्थानमा रहेर जोसेफ हाईस्कुल, लिभिङ वर्ल्ड, माउन्ट ग्लोरी, मनकामना, ब्रम्हकुञ्ज र वेदव्यास स्कुल क्वार्टरफाइनल प्रवेश गरेका थिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया