आइतबार, १७ अगस्ट २०२५

संसार देखाउने केही तस्बिरहरू

News Image
• • •

आफ्नै स्वभावमा प्रकृति बाँचिरहेको हुन्छ। अनि मान्छे, प्रकृतिको त्यही स्वभाविकतामा आफूलाई अस्तित्वमा राख्छ।

मान्छे र प्रकृतिबीचको यो आदिम साइनोबीच सबै आ-आफ्नै नियतिमा बाँचिरहेक छन्।

विश्वभरि छरिएका रोयर्टसका फोटो पत्रकारहरूले साताभरि कैद गरेका केही त्यस्ता प्रतिनिधि तस्बिरहरू: 

सबै तस्बिर:रोयटर्स

१. पाकिस्तानको साँगार जिल्लाको सरहरी सहरमा रेल लिकबाट खसेपछि एक उद्धारकर्मी पीडितहरूको खोजी गर्दै

२. फ्रान्सको क्यालेस नजिकैको संगाट्टेमा एउटा सानो डुङ्गामा युके जाने च्यानल पार गर्ने असफल प्रयासपछि सूर्योदयमा एक आप्रवासी आफ्नो अस्थायी शिविरमा फर्किँदै

३. उच्च हावाको कारण जङ्गलमा लागेको आगोले हवाई, काहुलुईको ऐतिहासिक सहर लाहाइनाको आफ्नो घरमा रहेको घरपालुवा जनावरहरूसहित आफ्नो घर ध्वस्त भएको खबर सुनेपछि रुँदै स्टेफ बाकु किर्कम्यान

४. दक्षिण अफ्रिकाको केप टाउनमा ट्राफिक अधिकारीहरूविरुद्ध ट्याक्सी चालकहरुको हडतालमा प्रहरीहरुलाई बोतल प्रहार गर्दै

५. पोर्चुगलको अल्जेजुरमा जङ्गलमा लागेको आगो हेरिरहेका दुई स्थानीयहरु

६. चीनको हेबेई प्रान्तको झुओझोउमा टाइफुन डोक्सुरीका अवशेषहरूले ल्याएको वर्षा र बाढीपछि बच्चा बोकेका व्यक्ति क्षतिग्रस्त पुल पार गर्दै

७. पूर्व अमेरिकी राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प कोलम्बिया, दक्षिण क्यारोलिनामा रिपब्लिकन कोष सङ्कलन डिनरमा भाषण दिँदै

८. डर्बी र टेडी प्यासिफिका, क्यालिफोर्नियामा भएको विश्व कुकुर सर्फिङ च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्दै

९. स्पेनको कोलेरा नजिकैको स्पेनी-फ्रान्सेली सीमाकाे जङ्गलमा आगो लागेपछि जलेको जमिनको बीच सडकमा अग्नि नियन्त्रक ट्रकको ड्रोनले खिचेको तस्बिर

१०. नर्वेको ब्रास्केरिडफसमा आएको बाढीले बगाएको घर, नर्बेका नदीहरु ५० वर्षयताकै उच्च तहमा पुगेका छन्

११. थाइल्याण्डको चोनबुरी प्रान्तमा रहेको चोनबुरीमा भएको वार्षिक भैँसी दौड महोत्सवमा एक भैँसी बाहक प्रतिस्पर्धा गर्दै

१२. लाहाइना, माउई, हवाई, सहरको अधिकांश भागमा उच्च हावाको कारण लागेको जङ्गली आगोले ध्वस्त पारेको स्थानको हवाई दृश्य

१३. उत्तर अमेरिकाको सबैभन्दा ठूलो क्यारिबियन चाडहरूमध्ये एक, टोरन्टो, ओन्टारियो, क्यानाडामा आयोजित क्यारिबानाको परेडमा आफ्नो कला प्रदर्शन गर्दै 'टोरन्टोको रानी' नामले लोकप्रिय सियाना विलियम्स

१४. चिलीको स्यान्टियागोमा असामान्य जाडोपछिको गर्मीको लहरमा विश्राम लिँदै गर्दा बुद्धको चित्रण गर्ने मानव जीवित मूर्तिले बोतल समातेर प्रदर्शन गर्दै

१५. भारतको नयाँ दिल्लीस्थित एक स्टुडियोमा पावहरले आयोजना गरेको योग सत्रमा योगाभ्यास गर्दै रहेकाहरुको बीचमा खेल्दै बिरालाका बच्चाहरू

१६. मोस्कभा नदीको पानीमा पौडी खेल्दै मानिसहरू, मस्को रुसमा

शनिबार, श्रावण २७, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)