
बिएल संवाददाता
हवाई टापुको माउई जङ्गलमाा लागेको डढेलोमा परी ३६ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन्।
डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छभने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन्। माउई काउन्टीका अधिकारीहरूले बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दै आगो निभाउने प्रयास जारी रहेको जनाएको छ।
एघार हजारभन्दा बढीलाई माउईबाट हवाई उद्धार गरिएको छ। धेरै विमान कम्पनीले उद्धार उडान थपेका छन्भने भाडा पनि घटाएका छन्।
तेज हावा र सुक्खा अवस्थाले हवाईको अधिकांश भागमा जोखिम बढेको छ भने आगो निभाउन हम्मेहम्मे परेको छ। आगोबाट हतास भएका केहीले समुद्रमा हामफाल्ने प्रयास गरेका थिए।
राष्ट्रपति जो बाइडेनले सङ्घीय सरकारसँग उपलव्ध सबै स्रोत–साधन परिचालन गरी आगो निभाउन आदेश दिएका छन्।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया