
बिएल संवाददाता
पाकिस्तान र श्रीलंकामा हुने एसिया कपको लागि नेपाली टोलीको घोषणा भएको छ।
रोहित कुमार पौडेलको कप्तानीमा १७ सदस्यीयको घोषणा गरेको हो। एसिया कप आगामी अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म हुँदैछ। समूह ‘ए’मा भारत, पाकिस्तान र नेपाल रहेका छन, भने समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।
नेपालले पहिलो खेल पाकिस्तानसँग मुल्तान मैदानमा अगष्ट ३० मा खेल्नेछ।
यस्तो छ नेपाली टोली :
रोहित कुमार पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, भिम सार्की, कुशल मल्ल, दिपेन्द्र सिंह एैरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जि.सि, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल आदि
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया