जेल सजायबाट बच्नका लागि ट्रम्पले के–के गर्नसक्छन्?

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अहिलेसम्म चार मुख्य आपराधिक आरोपहरू लागेका छन्। त्यसका आधारमा कैयौ मुद्दाहरू दायर भएका छन्। 

२०२४ को निर्वाचनमा फेरि पनि राष्ट्रपतिको चुनाव लड्ने तयारी ट्रम्प अब फेरि यी कैयौ मामिलाको परीक्षणपछि मात्रै अघि बढ्ने बाटो खुल्नेछ। 

जर्जियामा २०२०को चुनावबारे के आरोप छ?

दोस्रो कार्यकालका लागि ट्रम्प २०२०मा पनि जो बाइडनसँग भिडेका थिए। तर उनी पराजित भए। तर उनका समर्थकहरूले लामो समयसम्म आन्दोलन गरे। इतिहासमा पहिलोपटक अमेरिकी नागरिकहरू ट्रम्पको सर्थमन गर्दै संसद भवन र राष्ट्रपति भवनसमेत कब्जा गर्न पुगे।

त्यो क्रममा भएका कतिपय ठाउँका चुनावहरूमा ट्रम्पमाथि नतिजा उल्टाउन हदैसम्मको कोसिसहरू गरेको आरोप छ। 

त्यो मध्येको जर्जियाको चुनाव पनि हो। र यो उनिमाथिको सबैभन्दा ताजा आरोप हो। जसलाई सोमबार साँझ एट्लान्टामा खोलिएको थियो। 

उनीसँगै अरू १८ जनामाथि २०२०को चुनावमा ट्रम्पको हारलाई उल्टाउनका लागि प्रयासहरू गरेको आरोप छ। 

एउटा लिक भएको फोन कलका आधारमा यो आरोपमाथि जाँच भएको थियो। त्यो फोन कलमा ट्रम्पले आफ्नो पराजित भएको चुनावी परिणाम उल्टाउनका लागि आवश्यक पर्ने अरू ११ हजार ७८० मत खोज्न भनेका छन्। 

उनीमाथि जर्जियाको र्‍याकेटरिङ इन्फ्ल्यून्स्ड एन्ड करप्ट अर्गनाइजेसन एक्ट (रिको)को उल्लंघनसहित १३ आपराधिक क्रियाकलापहरू गरेको बारे मुद्दा छन्।

एक सार्वजनिक अधिकारीले लिएको सपथ उल्लंघनको माग, जालसाजीको षड्यन्त्र, झुटा बयान दिने षड्यन्त्र गरेको तथा झुटा दस्तावेजहरू बनाएर पेश गरेकाजस्ता आरोपहरू पनि उनीमाथि छन्। 

सम्भावित सजाय के हुन्छ?

यो मुद्दामा संगठित अपराधका कानुन आकर्षित हुनसक्छ। र अधिकतम २० वर्षको सजाय हुनसक्छ।

उनीविरूद्ध मुद्दा लडिरहेका वकिल फानी विलिसलाई अब यो सावित गर्नुपर्ने हुन्छ कि ट्रम्प र उनका सहयोगीहरूले भ्रष्टाचारको कोसिस गरेका थिए जसको उद्देश्य चुनावी परिणामलाई उल्टाउनु थियो। 

गलत बयान दिएको ठहरिए पाँच वर्षको सजाय हुनसक्छ। 

चुनावमा धोकाधडीको दोष प्रमाणित भए तीन वर्षको जेल जीवन बिताउनुपर्ने हुनसक्छ। 

ट्रम्प आफ्नो बचाउमा के गर्नसक्छन्?

यस्ता आरोपहरूलाई ट्रम्पले पटक पटक अस्विकार गर्दै आएका छन्। उनले आफ्ना विपक्षी वकिल विलिस राजनीतिकबाट प्रेरित भएको आरोपसमेत लगाएका छन्। 

उनीमाथि एउटा संघीय जाँचले २०२०को राष्ट्रपति चुनावी परिणाम उल्टाउन प्रयासका लागि आपराधिक  आरोप पनि लगाएको छ। 
४५ पेजको यो अभियोगमा उनीमाथि थुप्रै आरोपहरू छन्। 

क्यापिटल हिल हिंसामा पनि उनलाई  दोषी देखाइएको छ। 

जसमा उनलाई पाँच वर्षको सजाय तथा जरिवानासमेत हुनसक्छ। त्यस्तै राज्यका आधिकारिक कामकारबाहीमा बाधा उत्पन्न गरेको प्रमाणित भएमा २० वर्षसम्म जेल सजाय हुनसक्नेछ। 

वाशिंगटन डिसीको एउटा अदालतमा उनीमाथि यी आरोपहरू लगाइएको थियो। आगामी २८ अगस्टमा उनिमाथिका यी आरोपहरूमाथि सुनुवाइ हुने सम्भावना छ। 

ट्रम्पले यसलाई  आफ्नो २०२४ को राष्ट्रपतीय चुनाव रोक्ने प्रयास भनेका छन्। 

उनले यसलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूले गरेको षड्यन्त्रका रूपमा आफूले बुझेको पनि पत्रकारहरूलाई बताए। 

जनवरी ६, २०२१मा भएको त्यो दंगाका लागि आफू दोषी नभएको भन्दै त्यो आरोपलाई उनले पटक पटक अस्विकार गर्दै आएका छन्।

संवेदनशील कागजपत्रहरू गलत तरिकाबाट राखेको आरोप

राष्ट्रपतिमा पराजित भएपछि ह्वाइट हाउस छोड्दा उनले कार्यालयका अत्यन्त संवेदनशील कागजपत्रहरू दुरुपयोग गर्दै आफैसँग लुकाएको आरोप थियो।

फ्लोरिडास्थित उनको घरबाट सुरक्षाकर्मीहरूले हज्जारौं दस्तावेजहरू बरामद गरेका थिए। 

कागज लुकाएर एफबिआईको काम कारबाहीमाथि बाधा उत्पन्त गराएको आरोप पनि उनीमाथि कायमै छ। उनीमाथि अधिकांश आरोपहरू राष्ट्रिय सुरक्षासँग जोडिएका छन्। ती गोप्य जानकारीयुक्त कागजपत्रहरू उनले जानीबुझी राखेको आरोप पनि छ। 

त्यो बाहेक विभिन्न आठ मामलामा उनले न्यायपालिकामाथि बाधा उत्पन्न गराउन षड्यन्त्रहरू रचेको पनि आरोपहरू लागेका छन्। त्यसका लागि उनले गलत बयान दिएको पनि आरोप छ। 

के ट्रम्पलाई जेल सजाय होला?

हरेक आरोपहरूलाई उनले अस्विकार गर्दै आएका छन् र अहिलेसम्म कुनै पनि आरोपको अन्तिम फैसला आइसकेको छैन। 

ट्रम्प दोषी ठहरिएर अदालतलको अन्तिम फैसला आयो भने उनलाई सैद्धान्तिक रुपमा पर्याप्त जेल सजाय हुन पनि सक्छ। 

कानुनी व्यवस्थाअनुसार उनलाई जासुसी गरेको प्रमाणित भएमा १० वर्ष जेल सजाय हुनसक्छ। त्यस्तै षड्यन्त्रहरू गरेको र दस्तावेजहरू लुकाएको प्रमाणित भएमा २० वर्षको जेल सजाय हुनसक्छ। त्यस्तै प्रकारको अर्को आरोपमा उनलाई थप ५ वर्ष जेल सजाय हुनेछ। तर यी सब प्रमाणित भइसकेका छैनन्। 

ट्रम्पसँग के विकल्प छ?

अहिलेसम्म उनीमाथि आरोपका वर्षाहरू छन् तर उनले सबका सब आरोपहरूलाई सिधै इन्कार गरिरहेका छन्। उनले आफू निर्दोष भएको बताइरहेका छन्। उनका यी कतिपय आरोपहरूमाथि अब आगामी २०२४को मे देखिमात्रै सुनुवाइ हुनसक्ने बताइएको छ। 

उनका वकिलहरूले अदालतमा यो तर्क गर्न पनि सक्छन् कि उनिमाथि गलत तरिकाले निशाना साँधिएको छ। 

उनीमाथि अर्को संगीन आरोप हो, आफ्ना व्यापार व्यवसायमा उनले हेरफेर गरेर गढबढी गरेका छन्। उनिमाथि ३४ वटा व्यावसायिक अपराधका संगीन आरोपहरू छन्। 

तर कानुन व्यवसायीहरूका अनुसार उनीमाथि केही आरोपमा केही जरिवाना हुनसक्छ। तर जेल सजाय नै हुने सम्भावना निकै कम छ। किनकि उनीमाथिका हरेक आरोपहरूमा प्रमाणित गर्न पर्याप्त प्रमाणहरू अपुग र अपुरा छन्। 

उनीमाथि यौन दुराचार तथा त्यसलाई छोप्नका लागि गलत तरिकाले रकम दिएकाजस्ता आरोपहरू पनि सामेल छन्। तर ट्रम्पले कुनै आरोपलाई अस्विकार गर्दै आएका छन् र आफूमाथि राजनीतिक प्रतिशोध राखिएको दाबी पनि गर्दै आएका छन्। 

(याे सामग्री बीबीसीकाे सहयाेगमा तयार पारिएकाे हाे।)

प्रकाशित मिति: : 2023-08-17 07:56:00

प्रतिकृया दिनुहोस्