
बिएल संवाददाता
मार्ग दर्शक सुधार केन्द्रको पहिलो वार्षिकोत्सव समारोह सम्पन्न भएको छ।
बूढानीलकण्ठ पासीकोट-४ मा रहेको मार्ग सुधार केन्द्रमा शुक्रबार आयोजित कार्यक्रममा संस्था सञ्चालक सुमनले खड्काले अगामी दिनहरुमा पनि लागुऔषधविरुद्ध आवाज उठाइरहने बताए।
विगतका दिनमा आफले पनि लागुऔषध सेवन गरेको बताउँदै उनले भने, यो एक रोग हो, यसको उपचार सम्भव छ र हामी यसको प्रमाण हौं। लागुऔषधविरुद्ध आवाज उठाउनु आफ्नो जीवन लक्ष्य रहेको उनले बताए।
उक्त कार्यक्रममा एफडीडीआरका अध्यक्ष प्रशान्त शर्मा, बूढानीलकण्ठ-४ का वडाध्यक्ष श्रीराम केसी, वडा-५ का वडाध्यक्ष कृष्ण शाह, वडा-६ का वडाध्यक्ष रवि खड्का, नेपाली सेनाका मेजर वीर बिक्रम घिमिरे, पूर्व सेना राजु गुरुङ, टिआरजीका अध्यक्ष साइ दिपक, विस्डम फाउण्डेशनका ज्योति लामा, फ्रिडम फाउण्डेशनका पवन श्रेष्ठ, सानु प्रकाशका अध्यक्ष सेरेन दिपेन, रिक्शन बज्रचार्य, स्कुल अफ रिकभरका अध्यक्ष जेनिश गोथे, त्रिशला फाउण्डेशनका अध्यक्ष राज देउला, सानु तामाङ, प्रकाश ठकुरी र मनोसामाजिक सल्लाहकार पीनकला खड्गी गजुरेल लगायतको उपस्थिती रहेको थियो।
विगत एक वर्षदेखि सञ्चालन हुँदै आइरहेको उक्त संस्थाले लागुऔषध प्रयोगकर्ताहरुलाई उपचार गरेर नयाँ जीवन दिँदै आइरहेको छ। हाल त्यहाँ ३० जना मानिस उपचाररत छन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया