तस्बिरमा विश्व झल्काउने केही दृश्यहरू

तस्बिरहरु: रोयटर्स
तस्बिरहरु: रोयटर्स

यसै साता भारतले चन्द्रमाको दक्षिणी ध्रुबमा एउटा ‘चन्द्रयान’ अवतरण गरायो। सारा विश्वले भारतलाई बधाई दिएको छ। भारतले त्यसलाई एउटा अर्को ग्रहमाथिको ऐतिहासिक विजयका रुपमा उत्सव मनाइरहेको छ।

पृथ्वीको एउटा ध्रुबमा सक्रिय ‘मनसुन’ अब अन्तिम क्षणमा छ। वर्षा, बाढी र पहिराका कहरहरू पनि उस्तै छन्।

ग्रीसको एथेन्समा लागेको आगो अझै निभेको छैन। हवाईको माउ टापु आगोले सकिएको छ। पृथ्वीको एउटा भागमा समुद्रका छालहरू आँधी बनिरहेका छन्।

रुस र युक्रेन अझै लडिरहेका छन्। कतै मान्छे-मान्छे लडिरहेका छन्, कतै मान्छे र प्रकृतिको लडाइँ उत्तिकै छ।

प्रविधि-मानवको साझेदारीमा मान्छेले फेरि नयाँनयाँ फड्को मारिरहेको छ। मानव जीवन, प्रकृति र प्रविधि झल्काउने केही तस्बिरहरू यहाँ प्रकाशित छन्।

विश्वभरि छरिएका रोयटर्सका फोटो पत्रकारहरूले यी दृश्य कैद गरेका हुन्:

१. ग्रीसको एथेन्स नजिकैको हसिया गाउँको जङ्गलमा आगोले जलिरहेको फार्मबाट बचाइएको भेडालाई पिउने पानी दिँदै स्वयंसेवकहरू

२. सार्वजनिक सुरक्षासम्बन्धी विशेष सत्रमा टेनेसी स्टेट क्यापिटलको अगाडि तालिमेहरु एकअर्कोबीच टाउको ठोकेर अभिवादन गर्दै नास्भिल्ला टेनेस्सी, अमेरिकामा

३. अस्ट्रेलियाको सिड्नीमा इङ्ल्यान्डलाई फाइनलमा हराएपछि विश्वकप महिला फुटबल जितेको स्पेनका खेलाडीहरू ट्रफीसँगै खुसी मनाउँदै

४. युक्रेनको राजधानी किभको एउटा मुख्य सडकमा युक्रेनी सेनाले नष्ट गरिएका रूसी सैन्य सवारी साधनहरूबीच हिँड्दै एक नवविवाहित जोडी

५. भारतको अहमदाबादमा रहेको ट्याटु स्टुडियोभित्र चन्द्रमामा अन्तरिक्ष यान अवतरण मनाउन भारतको ‘LVM3 M4’ लाई चन्द्रयान-३ अन्तरिक्ष यान बोकेको चित्रण गर्दै एक कलाकार, ट्याटुका शब्दहरू हिन्दीमा ‘आज देश चन्द्रमा भन्दा बढी चम्कन्छ’ लेखिएको छ।

६. क्यालिफोर्नियाको क्याथेड्रल सहरमा आएको उष्णकटिबंधीय आँधी हिलारीको कारण फायर फाइटरहरू र आपतकालीन चिकित्सा कर्मचारीहरूले उद्दार गरेका एक सर्वसाधारण

७. शान्ति, पर्यटन र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको माँ सांस्कृतिक सप्ताहमा आदिवासी मसाई समुदायका सदस्यहरू गाउँदै र उफ्रँदै, मासाई मारा राष्ट्रिय रिजर्व, नारोक काउन्टी, केन्यामा

८. अमेरिकी राष्ट्रपति जो बाइडेन, वायुसेनाको विमानबाट हवाईको माउ टापुमा रहेको आगोले क्षतिग्रस्त सहर लाहाइनाको निरीक्षण गर्दै

९. अस्ट्रेलियाको सिड्नीमा भएको महिला फुटबलको विश्वकप फाइनलमा स्पेनसँग पराजित भएपछि इंग्ल्याण्डका खेलाडीहरु लरेन हेम्प र एस्मे मोर्गन निराश मुद्रामा

१०. दक्षिण कोरियाको सियोलको सबवे स्टेशनमा दक्षिण कोरिया र अमेरिकाबीचको वार्षिक उल्ची फ्रिडम शिल्ड संयुक्त सैन्य अभ्यासको एक भागको रूपमा आतंकवाद विरोधी अभ्यासमा भाग लिइरहेका दक्षिण कोरियाली सैनिकहरूलाई पार गर्दै एक महिला

११. अस्ट्रेलियाको सिड्नीमा स्पेनकी खेलाडी क्याटालिना कोल महिला फुटबलको विश्वकप जितेको खुसीयाली मनाउँदै

१२. फ्रान्सको च्यामोनिक्सको मोन्ट-ब्ल्याङ्क क्षेत्रमा तातो लहरको बेला एगुइले डु मिडीमा पर्वतीय दौडको लागि अल्पाइनिस्टहरू नक्कली हिउँ बिछाएर तयारी गर्दै

१३. ब्राइट्स चिडियाखानामा जन्मिएको दुर्लभ दागविहीन जिराफ जोन्सन सिटी, टेनेसीमा

१४. केप टाउन, दक्षिण अफ्रिकाको सी प्वाइन्ट प्रोमेनेडमा तीव्र हावा चलिरहेको बेला ठूला छालहरू समुद्री तटमा ठोक्किएको दृश

१५. बेलायतको लन्डन चिडियाखानामा जनावरहरूको स्वास्थ्य र अवस्था दस्तावेज गर्न वार्षिक तौलको समयमा तराजुमा तौल लिने क्रममा हम्बोल्ट पेंगुइनहरू

१६. जर्मनीको कोलोनमा २०२३ गेमकम कम्प्युटर र भिडियो गेम उद्योग कार्यक्रममा कम्प्युटरको पोशाक लगाएको एक व्यक्ति

१७. इजरायलको गाजा सहरको मेउ क्याट क्याफे (MEOW Cat Cafe) मा स्थायी रुपमा बस्ने एउटा बिरालो

१८. निकारागुआको जुइगाल्पामा रहेको थोमस बेल्ट चिडियाखानामा जन्मिएको आफ्नो बच्चालाई प्यूमा (बिरालो वर्गको एक प्रकारको चितुवा) ले ठुलो नभएसम्म चाट्छ।

प्रकाशित मिति: : 2023-08-26 12:27:00

प्रतिकृया दिनुहोस्