
बिएल संवाददाता
तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको छ।
उक्त गाउँपालिकाका २ ठाउँमा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको हो। गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रम अन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अगाडि बढाएको हो।
घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आयआर्जनमा जोड्न यो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ।
वडा नं १ स्थित यान्चोक आमा समूहमार्फत् १२ रोपनी र आँधीमूल आमा समूहमार्फत् ७ रोपनी जमिनमा सयपत्री फूलखेती सुरु गरिएको छ। त्यसका लागि फूलको बिरुवा सहयोगस्वरुप उपलब्ध गराइएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए।
उनले भने, ‘दुवै ठाउँमा बिरुवा रोपेको २० दिन भयो, ९० दिनमा फूल फूलेर १ सय २० दिनमा बिक्रीका लागि तयार हुन्छ।’ आगामी तिहारलाई लक्ष्य गरी फूलखेती सुरु गरिएको उनको भनाइ छ। यस वर्ष केही ढिला भए पनि छिटो फूल्ने मल प्रयोग गरिएको जनाए।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले खादा प्रयोग बन्द गरी अध्यक्षसँग कृषि विकास कार्यक्रम अन्तर्गत फूल खेतीलाई प्रोत्साहन गरिरहेको छ।
गाउँपालिकाले सयपत्री फूलखेतीलाई प्राथमिकतामा राखेर गाउँपालिका अन्तर्गतका सबै कार्यक्रममा खादा प्रयोगको सटृासयपत्रीको मालालाई प्राथमिकता दिने निर्णय गरिसकेको छ।
उनी भन्छन्, ‘फूल फुल्न थालेपछि पालिकाका हरेक कार्यक्रममा सयपत्रीको माला प्रयोग हुन्छ। आँधीमूलमा लाग्ने मेलामा पनि सयपत्री फूलले सहयोग पुर्याउँछ।’
यहाँ सुरु गरिएको फूलखेतीले प्रत्येक वर्ष बाहिरबाट फूल खरिद गरेर ल्याउनुपर्ने अवस्था अन्त्य हुने यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले जानकारी दिइन्।
उनी भन्छिन्, ‘आमा समूहमा आबद्ध महिला अहिले गोडमेल र रेखदेखमा लागिरहेका छन्। फूलखेतीले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास गरेका छौँ।’
आँधीमूल आमा समूहकी अध्यक्ष ललिता मगरले पनि घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आवद्ध गराई फूलखेती सुरु गरिएको सुनाइन्।
गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रम अन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलका बिरुवा वितरण गरेको थियो।
महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्ने उद्देश्यसहित सय प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए।
‘सयपत्री फूल प्रत्येक वर्ष विदेशबाट आयात हुँदै आएको थियो। त्यसको आयत प्रतिस्थापन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखेका छौं,’ उनी भन्छन्।
गाउँपालिकाले वडा नं १ को आँधीमूल आमा समूहलाई ८ हजार ४ सय र यान्चोक आमा समूहलाई १२ हजार सयपत्री फूलको बिरुवा वितरण गरेको थियो।
गाउँपालिकामा पुष्पखेती नहुँदा हरेक वर्ष बाहिरबाट फूल ल्याउनुपर्ने अवस्था रहेकाले गाउँपालिकाभित्रै फूल उत्पादन हुन सके त्यो अवस्था रोकिने अध्यक्ष चुमानको भनाइ छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया