शुक्रबार, ०८ अगस्ट २०२५

बूढानीलकण्ठ नगरपालिकाभित्रका अव्यवस्थित तार धमाधम हटाइँदै (तस्बिरहरू)

News Image
• • •

बूढानीलकण्ठ नगरपालिकाभित्र अव्यवस्थितरूपमा रहेका तारहरुकाे व्यवस्थापन गर्ने कार्य सुरु भएको छ।

नगरपालिकाले आफ्ना १३ वटै वडाहरुमा अव्यवस्थितरुपमा रहेका बिजुली, इन्टरनेट, केवललगायतका तार व्यवस्थापन गर्न सुरू गरेकाे हाे।

सडक किनारमा रहेका पोलहरुमा लत्रिरहेका तारले दुर्घटनाको जोखिम बढाएको भन्दै जनहितको सुरक्षासहित व्यवस्थापन गर्न लागिए पालिकाका वातावरण समिति संयोजक तथा तार व्यवस्थापन संयोजक रामकुमार रोक्काले बताए।

तारलाई व्यवस्थित गरी बूढानीलकण्ठ नगरपालिकालाई सुन्दर, स्वच्छ र वातावरणमैत्री बनाउने योजना रहेको १३ नम्बर वडाका अध्यक्ष शम्भुप्रसद भट्टराईले बताएका छन्।

मंगलबार, आश्विन ०२, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!