कसले बनाउँछ विवादित विधेयक ?

कानुनको मस्यौदामा लक्षित वर्ग सधैँ असन्तुष्ट

संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का केही प्रावधानमा असन्तुष्टि जनाउ“दै देशभरका शिक्षक आन्दोलनमा उत्रे। देशभरका शिक्षकले पठनपाठन र काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त हुने गरी आन्दोलन गरेपछि सरकार र आन्दोलनरत शिक्षकबीच शुक्रबार सहमति भयो। २७ भदौमा प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा सहमतिअनुसार संशोधन हुनेछ। विद्यालय बन्द गरेर प्रधानाध्यापकसहित हजारौँ शिक्षक राजधानी काठमाडौंमा प्रदर्शनमा उत्रिएपछि सरकारले जायज माग सम्बोधन गर्नुपर्ने सर्वपक्षीय मत उठेको थियो। 

विधेयकमा सरोकारवालाले विरोध गरेको र आन्दोलनमा उत्रेको यो पहिलो घटना होइन। यसअघि संघीय निजामती सेवा ऐनमा आफ्ना विषय समेट्न कर्मचारीहरू सिंहदरबारभित्रै आन्दोलनमा उत्रिएका थिए। उनीहरूसँग वार्ता गर्न गत वैशाखमा सरकारले सहजीकरण समिति नै गठन गरेको थियो। २१ भदौमा मन्त्रिपरिषद्ले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको थियो। 

प्रकाशित मिति: : 2023-09-24 10:53:00

प्रतिकृया दिनुहोस्