आइतबार, ०३ अगस्ट २०२५

काेशीका मुख्यमन्त्री कार्कीकाे सपथ आज

News Image
• • •

काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (आइतबार) सपथ ग्रहण गर्दैछन्।

नवनियुक्त मुख्यमन्त्री कार्कीको सपथ आज दिउँसो १ बजे हुने प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष कार्कीले मुख्यमन्त्री पदको सपथ प्रदेश प्रमुखको कार्यालयमा लिनेछन्।

शनिबार दिउँसो प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त गरेका हुन्। कांग्रेस सांसद कार्कीले एमालेका ३९ र कांग्रेस संस्थापनइतरका ८ जनाको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए।

आजै सानाे आकारकाे मन्त्रिपरिषद् विस्तार गर्ने कार्कीले बताएका छन्। यद्यपि, एमालेकाे समर्थनमा मुख्यमन्त्री बनेका उनले कुन-कुन दललाई सरकारमा लिएर जान्छन् भन्ने टुङ्गाे लागेकाे छैन।

मुख्यमन्त्री कार्कीले पनि यस विषयमा ‘त्यो पछिको कुरा हो। अहिले त्यो निर्णय भएको छैन। काम गर्दै जाँदा हुन्छन्’ भन्ने प्रतिक्रिया शनिबार दिएका थिए।

कार्की काेशीका ८औँ मुख्यमन्त्री हुन्।

आइतबार, आश्विन २८, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)