ईश्वरी राई (इशु)
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मंगलवारदेखि खसीबोका र च्यांग्रा बिक्री गर्न सुरू गरेको छ।
दसैं–तिहारका लागि छुट मूल्यमा खाद्यले जिउँदो खसी, बोका र च्यांग्रा बिक्रीवितरण सुरू गरेकाे हाे।
खाद्यले प्रतिकेजी १० रुपैयाँको छुटमा जिउँदो खसी र बोका ६७० रुपैयाँ र च्यांग्रा १२५० मा बिक्री गरिरहेकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्याकारी अधिकृत (सीईओ) मोहन प्रकाश चन्दले बताए।
२ हजार खसी-बोका धादिङ, दाङ, हेटौँडा र १ हजार च्यांग्रा रसुवाबाट ल्याइएकाे उनले सुनाए।
चाडबाडकाे अवसरमा उपभाेक्तालाई सहज बनाउनका लागि खसीबोका र च्यांग्राकाे मूल्य विगतकाे मूल्यमा नै बिक्रीवितरण गरिरहेकाे उनकाे भनाइ छ।
तर यता खसीबोका र च्यांग्रा खरिद गर्न आएका उपभाेक्ताहरूले भने खाद्यले बेचिरहेकाे मूल्य महँगाे भएकाे गुनासाे गरिरहेका छन्। खाद्यमा भन्दा बजारी भाउ सस्ताे भएकाे उनीहरूकाे टिप्पणी छ।
खसी–बाेका च्यांग्रा गुणस्तरीय छः सीईओ
विगतकाे तुलनामा यसपटक खसी–बाेका च्यांग्रा किन्ने मानिसहरूकाे घइँचाे बढेकाे उनकाे दाबी छ।
‘पहिले फुलपातीतिर उपभाेक्ताकाे भीड लाग्थ्याे तर यसपटक भने अहिलेदेखि नै भीड छ, याे हामीले साेचे भन्दा धेरै उपभाेक्ताकाे संख्या हाे’, उनले भने, ‘सायद खसी–बाेका च्यांग्रा गुणस्तरीय भएर हाेला।’
चाडपर्वका अवसरमा उपभोक्तामा स्वास्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले पशुपक्षीको स्वास्थ्य परीक्षणका लागि पशुसेवा विभागले काठमाडौँ उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गरेकाे थियाे।
आइतबार कलङ्की खसी बजार, बल्खु कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, साल्लाघारी च्यांग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा परिचालन भएकाे टाेलीले खसी–बाेका च्यांग्राकाे स्वास्थ्य परीक्षण गर्दा गुणस्तरीय रिजल्ट आएकाे सीईओ चन्दले बताए।
उनका अनुसार खाद्यले बिक्रीवितरण गरिरहेकाे खसी–बाेका च्यांग्रा गुणस्तरीय छ। ‘हामीले ल्याएका खसीबोका र च्यांग्राको मासु उपयुक्त छ, कुनै दोष नै छैन’, उनी भन्छन्, ‘उपभोक्तालाई यहाँको मासु खाँदा कुनै असरै गर्दैन।’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया