प्रहरीलाई ११ थान साइकल प्रदान

photo–store
photo–store

कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले जिल्ला प्रहरी कार्यालय बारालाई ११ थान साइकल हस्तान्तरण गरेका छन्। 

चाडबाडको बेला शान्तिसुरक्षालाई चुस्त–दुरुस्त पार्न एवं प्रहरी गस्तीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ साइकल प्रदान गरिएकाे हाे। 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले साइकल गस्ती प्रभावकारी हुनाका साथसाथै कम खर्चिलो हुने बताउँदै प्रहरीको निगरानी बढाउने र शान्तिसुरक्षा कायम गर्नमा यसले थप मद्दत पुग्ने बताए। 

साइकल हस्तानान्तरणपछि नगर प्रमुख साहले साइकलको माध्यमबाट नगरभरि प्रहरीको गस्ती टोली परिचालन भयो भने अपराध एवं चोरीपैठारी नियन्त्रण, लागुपदार्थ सेवकर्ताहरुलाई पनि निगरानी गर्ने सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

शान्तिसुरक्षा बहाल गर्ने सन्दर्भमा प्रहरी दिनरात खटिरहेको र साइकलले प्रहरीलाई गस्ती गर्न थप सहयोग पुग्ने उनले बताए। 

प्रकाशित मिति: : 2023-10-21 13:47:00

प्रतिकृया दिनुहोस्