सोमबार, ११ अगस्ट २०२५

टी-२० विश्वकप छनोटमा प्रत्येक रनबापत एक हजार दिने अर्ना वियरको घोषणा

News Image
• • •

अर्ना वियरले टी-२० विश्वकप छनोटमा नेपाली खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।

सोमबारदेखि घरेलु मैदानमा आयोजना हुने टी-२० विश्वकप छनोटमा नेपाली खेलाडीलाई प्रत्येक रनबापत एक हजार नगद पुरस्कार दिने अर्नाले आइतबार सामाजिक सञ्जालमार्फत घोषणा गरेको हाे।

अर्नाले प्रत्येक एक रन बराबर १ हजार, रनसहित एक चौकाको थप १० हजार, थप एक छक्का बराबर २० हजार दने घोषणा गरेको छ।

त्यस्तै, प्रत्येक डटबलमा १० हजार, मेडन ओभरमा १० हजार र प्रत्येक विकेटबापत २५ हजार दिने घोषणा गरेको छ।

टी-२० विश्वकपको एसिया छनोटमा ८ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

यसअघि अर्ना वियरले भारतविरुद्ध प्रत्येक छक्का प्रहार गरेबापत र विकेट लिएबापत १ लाख तथा चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार रूपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो।

आइतबार, कार्तिक १२, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!