परिवारै पुरिएको मलेसियामै सुनेँ, होस आउँदा अस्पतालमा थिएँ

BreaknLinks
BreaknLinks

भेरी नगरपालिका–१ कोलचौर जाजरकोटका ४० वर्षीय उदय कामी भन्छन्, ‘जिन्दगीदेखि नै निराश छु।’ उनको शरीर थकित देखिन्छ। न भोक छ, न निन्द्रा नै।

गत कात्तिक १७ गते मध्यरातमा आएको भूकम्पले उनको परिवार तहसनहस बनाइदियो। तीन छोराछोरी र श्रीमती गुमाउन पुगे। वैदेशिक रोजगारीमा आफू मलेसिला रहेकाले भूकम्पको झट्कामा परेनन्। तर, भूकम्पमा परी मृत्यु भएकी प्राणप्यारी श्रीमती र छोराछोरीको मुख हेर्न पनि तीन दिनपछि मात्र पाएँ। उनकै आग्रहअनुसार बचेका परिवारका सदस्य शव राखेर कुरेर बसे। उनी आएपछि सोमबार मात्रै अन्त्येष्टि गरियो। उदयसँग जाजरकोटस्थित अन्नपूर्णकर्मी राजेन्द्र कार्कीले गरेको कुराकानी :

विदेशमा हुनुहुन्थ्यो घटनाबारे कतिबेला थाहा पाउनुभयो ?

हामी गाउँका ७ जना एउटै कम्पनीमा काम गर्छौं। सबै एउटै कोठामा सुतेका थियौं। बिहान पौने ३ बजे एक्कासि छिमेकी भाइ वीरबहादुरको फोनमा घण्टी बज्यो। उसको श्रीमतीले गरेको रहेछ। म उसको नजिकै सुतेकाले पनि आवाजबाटै चिनिहालेँ। पूरै आत्तिएको स्वरमा उनले एकोहोरो भनिरहेकी थिइन्। ‘ठूलो भूकम्प गयो। हाम्रो घर केही भएको छैन। हामी सबै परिवार सकुशल छौं। अहिले बाहिर खुला ठाउँमा बसेका छौं। तर, माथिल्लो घरका उदय दाइको घर भत्कियो। के–के भयो केही थाहा हुन सकेको छैन। कराइरहेको आवाज सुनेकी छु। के हुन्छ पछि खबर गरौंला’ भनिन्। भाइ वीरबहादुरले सुरक्षित भएर बस्नु। दाइको घरमा के भएको रहेछ खबर गर्नु भनेर फोन राखिदिए।

प्रकाशित मिति: : 2023-11-08 12:20:00

प्रतिकृया दिनुहोस्