आइतबार, ०३ अगस्ट २०२५

उदय र मनोजको वियोग- घरपरिवार चलाउन विदेश गए, फर्किँदा न घर रह्यो न आफन्त

लोकान्तर

लोकान्तर

गगन अर्याल
News Image
• • •

जाजरकोटको भेरी नरपालिका–१ रावत गाउँ हुँदै डोल्पासम्म हुँइकिने सडकमा एक्कासि एउटा कार रोकियो । कारबाट २ जना अधबैँसे युवाहरू झरे । काँधमा विदेशबाट आउँदा ल्याउने लगेज थियो ।

भूकम्पले परिवारै गुमेपछि भेरी नगरपालिका–१ का उदय कामी र उनका भाइ मनोजबहादुर विक दाहसंस्कारका लागि घर फर्किएका रहेछन् । अगाडि एक जना सहयोगीले लगेज बोकेर हिँडेका थिए । उदय र मनोज पछिपछि उकालो लागे ।

बाटो पहिलाभन्दा धेरै बिग्रेको थियो । आफन्तहरूको अवस्थाबारे सोध्दै थिए । सडकबाट करिब १५ मिनेटको दुरीमा रहको उनको घर पुग्नेवित्तिकै रूवाबासी सुरु भयो ।

बिहिबार, कार्तिक २३, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)