
बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने जनताको मौलिक हकविपरीत सरकारले धरपकड गरेकाे बताएका छन्।
शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्न भेला भएका दुर्गा प्रसाईंका समर्थकहरूलाई प्रहरीले पक्राउ गरेपछि अध्यक्ष लिङ्देनले यस्ताे बताएका हुन्।
उनले धरपकड र नजरबन्द जस्ता घटनाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हकविरुद्धका काम भएकाे बताएका छन्।
‘शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न,भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरित आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन्’, अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत लेखेका छन्।
उनले धरपकड र कुनैपनि प्रकारको दमनले समस्याको समाधान ननिस्किने भन्दै सरकारले आफूलाई तत्काल सच्याउनुपर्ने बताए।
‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान’ अन्तर्गत बिहीबार बल्खुमा प्रदर्शन गरेकाे दुर्गा प्रसाईं समूहले शुक्रबार तीनकुनेमा थप प्रदर्शन गर्न लागेकाे थियाे। तर जिल्ला प्रशासन कार्यालय काठमाडाैँले प्रसाईं समूहलाई तीनकुने क्षेत्रमा आन्दोलनका कार्यक्रम गर्न अनुमति दिएन।
प्रशासनकाे अनुमतिविना उनका समर्थकहरू प्रदर्शनका लागि तीनकुनेमा भेला भएपछि प्रहरीले पक्राउ गरिरहेकाे छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया