आइतबार, १७ अगस्ट २०२५

बुवाको हत्या गर्ने छोरा पक्राउ

Symbolic photo
• • •

झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन्।

कमल–४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए।

उनका अनुसार छोराले आज बिहान ६ः३० बजे दाउले हिर्काउँदा बुवाको घटनास्थलमै मृत्यु भएको थियो। आशिषले बुवाको टाउको र दाँहिने खुट्टामा दाउ र कराईले प्रहार गरेको प्रहरीले जनाएको छ। हत्या गरेर भागेका आशिषलाई प्रहरीले पक्राउ गरेको छ।

कमल–४ कै दूधडेरी भन्ने स्थानमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रनाउ रिजालले जानकारी दिए। घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको उनले बताए।

सोमबार, मंसिर ११, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)