
बिएल संवाददाता
जाम्बियामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या २२२ जना पुगेको छ। गत वर्षको अक्टोबरमा हैजाको महामारी फैलिएपछि यसको सङ्क्रमणको कूल सङ्ख्या ५ हजार ४६२ पुगेको छ।
पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ भने ५६७ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ३४० जना निको भई घर फर्किएका छन् यसका साथै निको भएर घर फर्किनेको सङ्ख्या ४ हजार १७२ पुगेको छ। त्यसैगरी सङ्क्रमित मध्ये अस्पताल भर्ना हुन बाँकीको सङ्ख्या १ हजार ५९ छ।
स्वास्थ्य मन्त्रालयको दैनिक अपडेटअनुसार देशका १० प्रदेशमध्ये सात प्रदेशमा प्रभावित जिल्लाको सङ्ख्या ३१ पुगेको छ। हैजाबाट राजधानी लुसाका सबैभन्दा बढी प्रभावित भएको छ। मन्त्रालयले चीनद्वारा निर्मित नेशनल हिरोज स्टेडियमलाई हैजा उपचार केन्द्रको रूपमा तोकेको छ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया