सुनिता लामा
गत सातादेखि जुम ब्यूटी एकेडेमीले आफ्नो बाह्र वटै शाखामा अध्ययनरत विद्यार्थीहरूको आन्तरिक मूल्यांकनको निम्ति अर्न्तराष्ट्रिय स्तरको परीक्षा लिइरहेको छ।
यसैक्रममा आज हेयर र मेकअपको परीक्षा महाराजगञ्जमा सम्पन्न भएकाे छ। १२ शाखाका विद्यार्थीहरूकाे परीक्षामा ३८ जना मेकअपमा र ४३ जना परीक्षार्थीहरू सहभागी भएका थिए।
टिकाथलीकी कुसुम चौलागाईं आफ्नो मेकअपको परीक्षाको निम्ति निकै उत्साहित थिइन्। तर विगत चार महिनादेखि जुममा नै 'फुल' ब्यूटी कोर्श गरिरहेकी उनलाई परिक्षाको समयमा डर लागेकाे बताइन्।
त्यस्तै भक्तपुरकी सबिना सायजुलाई पनि आफ्नो कपाल श्रृङ्गारको परीक्षामा सक्दाे मेहनत गरिन्। तरपनि मनमा त्रास थियाे। सफल हुन्न कि!
जुम ब्यूटी एकेडेमीले लिइरहेको परीक्षा अर्न्तराष्ट्रिय स्तरको भएकोले यसले हरेक परीक्षार्थीहरूलाई भविष्यमा सुनौलो अवसर प्राप्त हुने बताउँछिन् तिनकुने शाखाकी प्रमुख रोजिना श्रेष्ठ।
उनका अनुसार जुमले लिइरहेकाे स्वस्थ र स्वच्छ प्रतिस्पर्धाले विद्यार्थीहरूको आत्मबल बढ्नका साथै सीपकाे मूल्यांकन पनि हुन्छ। त्यस्ताे प्रतिस्पर्धा ६–६ महिनामा हुनुपर्छ।
गत सातादेखि बाह्र वटै शाखामा अध्ययनरत विद्यार्थीहरूको आन्तरिक मूल्यांकनको निम्ति अर्न्तराष्ट्रिय स्तरको परीक्षा लिइरहेको जुमले आज हेयर ड्रेस र मेकअपको परिक्षा लिएकाे थियाे।
त्यसैगरी हेयरमा ४ जना र मेक अप मा ४ जना निर्णायक र एकेडेमीका सिईओ जुनु चक्रधर प्रमुख निर्णायकको रुपमा रहेकी थिइन्।
त्यस्तै फागुन १२ गते कौशल्टार शाखामा आईल्यासेस एक्स्टेन्सनको परीक्षा सञ्चालन हुनेछ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया