तेजन खड्का
रहस्यमय तरिकाले एक किशोरीको विभत्स हत्या गरि फरार रहेको अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ।
पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धिरेन चौधरी रहेका छन्।
रगतको छिर्का नसुक्दै प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्कीको कुशल अनुसन्धानमा प्रहरीले घट्ना भएको भोलिपल्टै उनलाई बेलबारीस्थित भाउन्नेकाे जंगलबाट पक्राउ गरेकाे हाे।
अहिले साँझ ५ बजे मोरङ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी हत्यारालाई सार्वजनिक गर्ने भएको छ।
किशोरीको शव पोस्टमार्टमको लागि धरान स्थित बिपि स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ। शवको पोस्टमार्टम भोलि गरिने भएको छ।
ज्ञानुमतीलाई सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०:३० बजेतिर धारिलो हतियार प्रहार गरिएको थियो।
ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन्।
प्रेम सम्बन्धलाई लिएर उनको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया