आइतबार, ०३ अगस्ट २०२५

पशुपतिमा जे देखियाे (तस्बिरहरू)

रविन भण्डारी

रविन भण्डारी

काठमाडौं
News Image
• • •

महाशिवरात्रि पर्वकाे अवसरमा पशुपतिमा भक्तजनको भीड लागेको छ।

भगवान् शिवको पूजा–आराधना गरी मनाइने यस पर्वमा बिहान २ बजेदेखि नै पशुपतिनाथमा भक्तजनले दर्शन गरिरहेका छन्।

पशुपतिमा शिवरात्रिका लागि भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन्। यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको पशुपति क्षेत्र विकास कोषको अनुमान छ।

आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, करिब छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएकाे विकास कोषले जनाएकाे छ।

महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपासलाई झकिझकाउ पारिएको छ। मन्दिर आसपासका क्षेत्रमा विभिन्न बत्तिले सजावट गरिएको छ।

पाशुपत क्षेत्रलगायतका विभिन्न क्षेत्रमा अहिले विभिन्न प्रकारका बत्तीले सजिसजाउसहित तथा झिलिमिलि पारिएको पशुपति विकास कोषले जनाएको छ। यसैगरी मन्दिर आसपासको क्षेत्रमा सरसफाइदेखि विभिन्न सजावटले सिँगारिएको छ।

शुक्रबार, फाल्गुण २५, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)