मङ्गलबार, १९ अगस्ट २०२५

कांग्रेसले इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने

File Photo
• • •

नेपाली कांग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारकाे टुंगाे लगाएकाे छ।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले इलामकाे प्रतिनिधिसभा र बझाङकाे प्रदेशसभा उपनिर्वाचनका निर्वाचन लागि उम्मेदवार टुंगाे लगाएकाे हाे।

कांग्रेसले इलाम- २ मा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङ प्रदेशसभा-१ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने भएकाे हाे।

डम्बर खड्का २०७९ को मंसिर ४ मा भएको आम निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मत अन्तरले पराजित भएका थिए। 

बिहिबार, चैत्र २२, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!