उपनिर्वाचन: कांग्रेसले तोक्याे परिचालन संयोजक, बझाङमा साउद र इलाममा शर्मा

नेपाली कांग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ।

कांग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेशसभाका लागि पूर्वमन्त्री एनपी साउदलाई संयोजक बनाएको छ।

कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङको प्रदेशसभाका लागि अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ। उनी सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन्।

त्यस्तै इलाममा उम्मेदवार बनेका खड्का गत निर्वाचनमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए। उनी कांग्रेस जिल्ला सभापतिसमेत हुन्। 

प्रकाशित मिति: : 2024-04-07 12:59:00

प्रतिकृया दिनुहोस्