बुधबार, २० अगस्ट २०२५

राष्ट्रियसभाको उपाध्यक्षमा बिमला घिमिरे विजयी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी बिमला घिमिरे विजयी बनेकी छन्। बुधबार राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन्।

उनलाई उपाध्याक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत परेको थियो। भने, विपक्षमा १६ मत परेको थियो। यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए।

यसअघि काँग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो। भने, विपक्षमा ३९ मत परेको थियो।

यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए।

बुधबार, चैत्र २८, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)