बिएल संवाददाता
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले “महत्त्वपूर्ण पूर्वाधार“ लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताएका छन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्स मार्फत रुसी हमलाका बारेमा जानकारी दिँदै केही क्षेप्यास्त्र र ड्रोनलाई युक्रेनी प्रतिरक्षा फौजले सफलतापूर्वक खसालिदिएको बताए।
रुसले युक्रेनका विद्युत्, सञ्चार, रेल्वे समेतका महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरेकामा उनले असन्तुष्टि व्यक्त गरेका छन्। यी आक्रमणबाट कुनै पनि व्यक्ति हताहत नभएको पनि युक्रेनको भनाई छ।
रुसले राजधानी सहर किभ, जापोरिझिया र ओडेसाका साथै पोल्यान्डसँग सीमा जोडिएको लभिभ सहरलाई पनि लक्षित गरी आक्रमण गरेको छ।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनको दोस्रो ठुलो सहर खार्किब र त्यस वरपरको क्षेत्रमा पनि क्षेप्यास्त्रहरुबाट आक्रमण गरेको बताए। यस सहरलाई केन्द्रित गरेर पछिल्ला दिनहरूमा रुसले निरन्तर आक्रमण गरिरहेको छ।
युक्रेनका गृहमन्त्री आइगोर क्लिमेन्कोले देशका विभिन्न भागमा सयौं उद्धारकर्मीहरू परिचालन गरिएको जानकारी दिए।
यसैबिच, रुसले पनि रुसका विभिन्न सहरलाई लक्षित गरी प्रहार गरिएका १२ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ। युक्रेनले पनि रुसका विभिन्न भागमा ड्रोन मार्फत केही महिनादेखि लगातार हमला गरिरहेको छ।
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया