बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यताको अन्त्य गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो रहेको बताएका छन्।
नयाँ वर्षको अवसरमा देश तथा प्रवासमा रहेका सम्पूर्ण नेपालीको अग्रगति र प्रगतिका लागि शुभकामना सन्देश जारी गर्दै शान्ति, विकास, स्वतन्त्रता, समाजवाद र समृद्धिका निम्ति समाजवादी क्रान्ति र रूपान्तरणको युगबाट मुलुकलाई अगाडि लैजान वामपन्थी शक्तिहरू एकापसमा समन्वय गरी देशको परिस्थितिलाई दृष्टिगत गर्दै कम्युनिष्ट आन्दोलनलाई सकारात्मक दिशामा अघि बढाउनुपर्नेमा उनको जोड छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियताको क्षेत्र संकटग्रस्त बन्दै गएको अवस्थामा जनता र राष्ट्रका साझा सवालमा सबै एकताबद्ध भएर वर्तमान गठबन्धनको संयुक्त सरकारमा सहभागिता जनाउनु राजनीतिक विकासक्रमको एउटा सकारात्मक पक्षका रूपमा हुने उल्लेख गरे।
'जनता र राष्ट्रका ज्वलन्त सवालहरूको समाधानका लागि भूमि सुधार र कृषि क्रान्तिलाई अघि बढाउनुपर्ने, मुलुकलाई औद्योगीकरणको दिशामा अघि बढाउन सक्नुपर्छ, भ्रष्टाचारलाई अन्त्य गर्नुपर्छ,' नेता खनालले भने, 'सबै वामपन्थी समूहहरूमा ‘म ठूलो, म बलियो र मैले सबै कुरा पाउनुपर्छ’ भन्ने दम्भ र घमण्डबाट मुक्त हुनुपर्छ। सबैका बीच समानता र सम्मानका साथ साझा आधारमा एकताबद्ध बन्न र बनाउन सक्नुपर्छ।'
उनले मूल्यवृद्धि र महँगी नियन्त्रण, देशभित्रै रोजगारीका अवसर सर्जना गर्दै युवाको विदेश पलायनलाई रोक्ने, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गरी मुलुकको विकास निर्माणको प्रक्रियालाई तीव्र बनाउन समाजवादको आधारलाई फराकिलो बनाएर जनतामा आशावादको सञ्चार गर्नुपर्नेमा जोड दिए।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया