आइतबार, १७ अगस्ट २०२५

मधेस सरकारबाट बाहिरियो लोसपा

बिएल संवाददाता

बिएल संवाददाता

जनकपुरधाम
News Image
• • •

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ।

मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरको हो।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाले सरकार छोड्ने निर्णय गरको हाे।

लोसपाले सरकार छोड्ने निर्णय गरेसँगै प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्।

मधेस प्रदेशसभामा लोसपाका ९ जना सांसद छन्। १०७ सदस्यीय प्रदेश सभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ सांसद छन्।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टी (नाउपा), राप्रपा, संघीय समाजवादी पार्टीका एक-एक र एक स्वतन्त्र सांसद छन्।

मधेसमा बहुमतको लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ।

मंगलबार, बैशाख ०४, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)