रुसी सेनाका परिवारको आन्दोलनमाथि प्रहरीको हस्तक्षप, ६ जना पक्राउ

रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षाको माग गर्दै प्रदर्शनमा रहेका उनीहरुका परिवारमाथि प्रहरीले अस्तक्षप गरेको छ। 

मंगलबार बालुवाटारस्थित रुसी राजदुतावास अगाडि प्रदर्शन गर्दै गर्दा उनीहरुमाथि प्रहरीले हस्तक्षप गरेको हो। 

साथै प्रदर्शनमा रहेका ६ जनालाई पक्राउ गरेको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानुकी संयोजक कृतु भण्डारीले जानकारी दिइन्। 

प्रहरीले धरपकट गर्दै पक्राउ गर्दा संयोजक भण्डारीलाई हातमा सामान्य चोटसमेत लागेको छ। 

रुसी सेनामा भर्ती भएका परिवारका आफन्त काठमाडौँमा ११ दिनदेखि अनसनमा छन्। 

उनीहरुले सेनामा भर्ती भएकाहरूको उद्धार, युद्धमा घाइते नेपालीको उचित उपचार, क्षतिपूर्ती, युक्रेनको कब्जामा रहेका ५ नेपालीको उद्धारलगायत १३ बुँदे माग राखेका छन्। 

प्रकाशित मिति: : 2024-04-29 15:52:00

प्रतिकृया दिनुहोस्