झापाका यी वडाध्यक्ष जसकाे पैसा देख्दा तीन नेत्र खुल्छ

वडाध्यक्षको किर्ते धन्दा, गैरकानूनी सिफारिस दिँदै रकम लिँदै

Breaknlinks
Breaknlinks

झापामा एक वडाध्यक्षले आर्थिक प्रलोभनमा परेर किर्ते कागजात बनाइदिएको खुलेको छ।

गौरीगञ्ज गाउँपालिका- १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले सेवाग्राहीसँग पैसा लिएर अविवाहित प्रमाणपत्रको लागि सिफारिस दिएका हुन्। जबकि, उनलाई ‘ती व्यक्तिहरु विवाहित हुन्’ भन्ने जानकारी थियाे।

याे घटना पुरानो भएपनि अहिले मात्र सार्वजनिक भएको हो। ०७७ साल कात्तिक २१ गते वडाध्यक्ष राजवंशीले ४७ वर्षीय दिलप्रसाल लिम्बु, ५३ वर्षीय देवकुमार लिम्बु, ५२ वर्षीया फिपरानी लिम्बु र ४३ वर्षीया गंगाप्रसाद लिम्बुलाई अविवाहित सिफारिस दिएको सार्वजनिक भएको हो। अविवाहितको सिफारिस लिनेहरु सबै विवाहित हुन्।

राजवंशी दोस्राेपटक वडाध्यक्ष बनेका हुन्। पहिलाे कार्यकालमा उनले ११८०५००३ राहदानी नम्बर भएको देव कुमार, ११८०५०१३ राहदानी नम्बर भएकी फिपरानी, ११८०५०१० राहदानी नम्बर भएका गंगाप्रसाद र १२०७०४५० राहदानी नम्बर भएका दिलप्रसादले बेलायत जानको लागि अविवाहित सिफारिसपत्र आवश्यक परेको र बदलामा केही रकम दिने प्रलोभन देखाएका थिए।

‘पैसा देखेपछि महादेवको पनि त्रिनेत्र खुल्छ’ भनेझै वडाध्यक्ष राजवंशीले पनि आर्थिक प्रलोभनमा चारै जनालाई अविवाहितको सिफारिस दिएको तथ्य फेला परेको हो।

माथि उल्लेखित लिम्बुहरुले अविवाहितको सिफारिसपत्रमात्र नभई बेलायत जान आवश्यक पर्ने अन्य कागजात पनि फर्जी बनाएको बताइएकाे छ। यद्यपि, उनीहरु आफैँले जानेर फर्जी कागजात बनाएर बेलायत जान लागेका भने होइन्। उनीहरुलाई बेलायत पुर्‍याउन काभ्रेको पनौती घर भई हाल बेलायतमा एभरेष्ट लो सोलीसिटर्स सञ्चालन गर्दै आएका राजु थापा, बेलायतमै बस्ने दीपक मास्के र ललितपुरको सातदाेबाटाेमा श्रेष्ठ करिअर प्रा.लि. चलाउँदै आएकी रोजी श्रेष्ठले विचौलियाको काम गरिरहेका छन्।

उनीहरुले चार जनासँग प्रतिव्यक्ति करिब ४० लाखसम्मको रकम असुलेको स्रोतको दाबी छ, जुन गैरकानूनी हो।

बेलायत जानै परे केही प्रक्रिया र मापदण्ड पूरा गर्नुपर्ने कानुन छ। तर, यी तीनजनाले मोटो रकम असुलेर नेपाली नागरिकलाई फर्जी डकुमेन्ट तयार पार्नलगाई बेलायत पुर्‍याउनमा बिचौलियाको भूमिका खेलिरहेका छन्।

रोचक त के भने, बेलायत जान लागेका चार जनाले वडाबाट बनाएको अविवाहितको फर्जी सिफारिसबारे बुझ्न केही पत्रकार आज (मंगलबार) वडा कार्यालयमै पुगेका थिए। दिउसो १२:३५तिर वडाध्यक्ष राजवंशी कार्यकक्षमै बसिरहेका थिए। तर, पत्रकार पुगेर फर्जी सिफारिसपत्रको विषय निकालेपछि उनी ‘म एकैछिनमा आउँछु है’ भनेर कार्यकक्षबाट निस्किएका थिए। पत्रकारले ४ बजेसम्म राजवंशीलाई कुरिरहे तर उनी आएनन्।

उनलाई फोनमा सम्पर्क गर्न खोज्दा पनि उनी बोल्न मानिरहेका छैनन्।

प्रकाशित मिति: : 2024-04-30 16:20:00

प्रतिकृया दिनुहोस्