अरबाज खानको बयानले मच्चायो ‘बबाल’

Arbaaz Khan/Instagram
Arbaaz Khan/Instagram

बलिउड अभिनेता अरबाज खान आफ्नो व्यावसायिक जीवनका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छन्। उनले कयाैं फिल्महरूमा अभिनय गरेका छन्।

लेखक सलिम खानका छोरा र सुपरस्टार सलमान खानका भाइ अरबाजले हालै साउथ इन्डस्ट्रीलाई लिएर बयान दिएका छन्। 

साउथमा हिन्दी सिनेमाका स्टारहरूको छविबारे अभिनेताले खुलेर कुरा गरेका छन्। अरबाजको बयानले उद्योगमा हलचल मच्चाएको छ।

हालैको एक अन्तर्वार्तामा अरबाजले बलिउड स्टारहरूलाई साउथमा कसरी हेरिन्छ र उनीहरूलाई के मानिन्छ भन्ने बताए।

वास्तवमा, पछिल्ला केही वर्षहरूमा साउथ फिल्महरूमा बलिउड स्टारहरूको रुचि उल्लेखनीय रूपमा बढ्दै गएको छ।

साउथमा एकपछि अर्को स्टारहरू डेब्यु गर्दैछन्। योसँगै बलिउडका कलाकारहरूलाई साउथ फिल्ममा खलनायकको भूमिका अफर भइरहेको पनि धेरैजसो देखिएको छ।

चाहे बबी देओल होस् वा सञ्जय दत्त।

अरबाज खान आफ्नो आगामी फिल्ममा नकारात्मक भूमिकामा देखिनेछन्। यस्तो अवस्थामा अरबाजले बलिउड कलाकारहरू किन साउथ इन्डस्ट्रीमा ग्रे–शेड रोलमा मात्रै देखिने गरेको बताए।

अरबाजले भने, 'म धेरै भन्न सक्दिनँ तर मलाई लाग्छ कि साउथका कलाकारहरू अक्सर नकारात्मक भूमिकामा देखिन्छन्। मलाई लाग्छ कि साउथका कलाकारहरूले ठुलाे फिल्म नै गरेका छैनन्।'

अरबाजका अनुसार उनले अहिलेसम्म देखेका सबै फिल्ममा बलिउड कलाकारहरूले दक्षिण भारतीय सिनेमाका कलाकार वेंकटेश, कमल हासन, रजनीकान्त, चिरञ्जीवी, नागार्जुनसँग काम गरेका छन् तर उनीसँग कहिल्यै पनि बलिउड स्टारले मुख्य भूमिकामा काम गरेका छैनन्।

तर बलिउड अभिनेत्रीलाई मुख्य भूमिकाका लागि कास्ट गरिएको छ।साथै साउथका नायिकालाई पनि मुख्य नायिकाको रुपमा कास्ट गरिएको छ।

प्रकाशित मिति: : 2024-05-19 18:40:00

प्रतिकृया दिनुहोस्