बिएल संवाददाता
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले गरेको गिरफ्तारप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलेले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सिरोहियाको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण भएको र निष्पक्ष छानविन गर्न आग्रह गरेका छन्।
‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयलाई लिएर हिजो (मंगलबार) गिरफ्तार गरिएको र सो गिरफ्तारी कान्तिपुर ग्रुपका मिडियाहरुमा केही दिनदेखि निरन्तर प्रकाशित समाचारसँग जोडिएको भनी विभिन्न कोणबाट प्रकाशन तथा प्रशारण भइरहेका समाचारहरुप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्।
साथै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रशारण गर्ने वातावरणको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेका छन्।
उनले घटनाको सम्बन्धमा आयोगले कान्तिपुर प्रकाशनगृहमा अनुगमन गरेको जानकारी दिएका छन्।
सिरोहियालाई मंगलबार कान्तिपुर प्रकाशन गृहबाटै प्रहरीले गिरफ्तार गरेको थियो। उनको गिरफ्तारीपछि सरकारको चर्को आलोचना भइरहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया