बिएल संवाददाता
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले गरेको गिरफ्तारप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलेले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सिरोहियाको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण भएको र निष्पक्ष छानविन गर्न आग्रह गरेका छन्।
‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयलाई लिएर हिजो (मंगलबार) गिरफ्तार गरिएको र सो गिरफ्तारी कान्तिपुर ग्रुपका मिडियाहरुमा केही दिनदेखि निरन्तर प्रकाशित समाचारसँग जोडिएको भनी विभिन्न कोणबाट प्रकाशन तथा प्रशारण भइरहेका समाचारहरुप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्।
साथै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रशारण गर्ने वातावरणको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेका छन्।
उनले घटनाको सम्बन्धमा आयोगले कान्तिपुर प्रकाशनगृहमा अनुगमन गरेको जानकारी दिएका छन्।
सिरोहियालाई मंगलबार कान्तिपुर प्रकाशन गृहबाटै प्रहरीले गिरफ्तार गरेको थियो। उनको गिरफ्तारीपछि सरकारको चर्को आलोचना भइरहेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया