बिएल संवाददाता
                                ठुलो दुईवटा लाउडस्पीकर बोकेर पहाडतिर लम्किरहेको एक समूह। त्यही पहाडको ८ सय मिटर तल हपासांग सहर छ, जहाँ म्यान्मार सेनाको ठुलो बेस छ।
४० डिग्री सेल्सियस तातो हावामा आफूजत्रो स्पीकर बोकेर पहाड उक्लिरहेका उनीहरूलाई पछ्याउँदैछन् केही युवा विद्रोही लडाकु।
उनीहरूको हातमा बाँस छ, जसमा भारी ब्याट्री र एम्पलीफायर पनि छन्। त्यो आरोहणको नेतृत्व पूर्व सेनाका कप्तान म्यो जिनले गरिरहेका छन्। १२ वर्षदेखि सेनाका हिस्सा बनिरहेका उनी विद्रोही पार्टीको सदस्य बने।
उनले काँधमा हरियो रङ्गकाे आर्मी ज्याकेट राखेका छन्। उनकाे हुलिया देखेर यस्ताे लाग्छ कि केही समयमै उनी नाटक सुरू गर्छन्। सिपाहीहरूलाई विद्रोहमा सामेल गर्नका लागि उनी प्राेत्साहन गरिरहेका छन्।
म्यान्मारको पूर्वी करेन्नी राज्यका घना जंगलहरूमा विद्रोही लडाकु र सेनाका सिपाहीहरू कुनै न कुनै रूपमा एकअर्काविरुद्ध मोर्चा बनाइरहेका छन्।
तर, पछिल्ला महिनाहरूमा विद्रोहको गति बढेको छ। त्यसैले यसपटक विद्रोहीले जित्ने सम्भावना उच्च देखिन्छ।
दक्षिणपूर्वी एसियाली देश दशकौँको सैन्य शासन र क्रूर दमनपछि चौराहेमा आएको छ। युवा विद्रोही र जातीय समूहहरूको नयाँ शक्तिले तानाशाहीको लागि खतरा खडा गरेको छ।
देशको आधादेखि दुई तिहाइ क्षेत्रमा विद्रोहको प्रभाव
पछिल्लो ७ महिनामा मुलुकको आधादेखि दुई तिहाइ क्षेत्र द्वन्द्वबाट प्रभावित भएको छ।
सन् २०२१ मा सेनाले सत्ता हातमा लिएको थियो। त्यसयता कैयौँ बालबालिकासहित हजारौँ मानिस मारिएका छन्। झण्डै २५ लाख मानिस विस्थापित भएका छन्।
सेनाले आफ्नो शासनमा कहिल्यै सामना नगरेको चुनौती सामना गरिरहेको छ। यो चुनौती अर्थात् बढ्दो विद्रोहलाई विफल पार्न सेनाले दिनहुँ आम नागरिक, विद्यालय र चर्चमा बम प्रहार गरिरहेकाे छ।
साउन्ड सिस्टम तयार गरेर उनले बोल्न सुरु गर्नुअघि नै सेनाले उनको बोल्ने ठाउँमा गोली चलाउन थाल्छ। बिनाकुनै डर जिनले माइक्रोफोन लिएर कराउन थाल्छन्, ‘सबैजना फायरिङ बन्द गर्नुहोस्! फायरिङ बन्द गर्नुहोस्, कृपया। मात्र ५–१० मिनेट सुन्नुहोस्।’
त्यसपछि फायरिङ पनि राेकिन्छ।
उत्तरी शान राज्यमा विद्रोहीहरूसमक्ष उनले चार हजार सैनिकहरूलाई आत्मसमर्पण गराए। सैन्य भवनहरूमा ड्रोन आक्रमण भएकाे घटना सुनाउँदै उनले भने, ‘अब हतियार उठाउने बेला आएको छ।’
हपासांग, करेन्नी र देशका अधिकांश स्थानहरूमा लडाइँ र विद्रोहले गति लिएको छ। ठुलो विद्रोहले सैन्य शासनलाई समस्यामा पारेको छ।
सन् २०२१ मा सैनिक विद्रोहका कारण नागरिक निर्वाचित सरकारको अन्त्य भएको थियो र नेतृ आङ सान सुकीसहित अन्य धेरै राजनीतिक नेताहरूलाई जेलमा राखिएकाे थियाे।
प्रेस स्वतन्त्रतामा प्रतिबन्ध
यी सबैको बावजुद यो द्वन्द्व धेरै कम रिपोर्ट गरिएको छ। विश्वको धेरैजसो ध्यान युक्रेन र इजरायल–गाजा द्वन्द्वमा केन्द्रित छ।
म्यान्मारमा प्रेस स्वतन्त्रता छैन। विदेशी पत्रकारहरूलाई विरलै आधिकारिक रूपमा प्रवेश अनुमति दिइन्छ। यदि उनीहरूलाई प्रवेश अनुमति दिइयो भने कडा निगरानीमा राखिन्छ।
सरकारले पत्रकारलाई प्रवेश गर्न दिए पनि विद्रोहीको पक्ष सुन्न सक्ने अवस्था रहँदैन।
हपासांगमा विद्रोहीहरू जितकाे पर्खाइमा छन्। करिब ८० सैनिक त्यहाँ एक महिनाभन्दा बढी समयदेखि फसेका छन्। करिब एक सयको हाराहारीमा मृत्यु भएको या घाइते भएको अनुमान छ।
जब सेनालाई विद्रोहीले घेरे
पहाडको टुप्पोबाट ने म्यो जिनले लाउडस्पीकरहरूमार्फत आत्मसमर्पण गर्न आह्वान गर्दै भने, ‘हामीले तिमीहरूलाई घेरेका छौँ। हेलिकप्टर आउने सम्भावना छैन। जनताको साथ दिने कि नदिने निर्णय गर्ने दिन आज मात्र छ।’
तल सैन्य शिविरमा सन्नाटा छाएकाे छ। म्यो जिनले यी सिपाहीहरूलाई बर्मेली सेनाका प्रभारी जनरल मिन आङ लाइङलाई छोड्न आग्रह गरिरहेका छन्।
उनी भन्छन्, ‘तिमीहरू सबैजनाको ज्यान फिर्ता दिइनेछ, यो ठुलो वचन गर्न सक्छु। यस्तोमा मूर्ख नबन। के तिमीहरू तानाशाह मिन आंग लाइंगको अवैध सम्पत्ति जोगाउनका लागि अन्तिम साससम्म लड्नेछौ? अब म तिमीहरूको स्वागतको पर्खाइमा छु।’
समय बितिरहेको छ, पहाडको टुप्पोमा मात्र मौरीहरुको गुनगुनको आवाज आइरहेको छ।
सायद म्यान्मारको सैन्य सरकारका सिपाहीहरूले के जवाफ दिने भनेर सोचिरहेका छन्। यो कुनै मामुली निर्णय होइन, यदि उनीहरू आत्मसमर्पण गरी सेना नियन्त्रित क्षेत्रमा गए भने उनीहरुलाई मृत्युदण्ड दिइनेछ।
यस्तो अवस्थामा उनको जवाफ कडा रुपमा आउनेछ। सिपाहीहरूले पोस्टमा फेरि गोली हाने। यो गोलाबारीबाट बच्न विद्रोही लुकेर बस्न थाले। उनीहरू कसैले आत्मसमर्पण गरेनन्।
आफ्नो दृढ संकल्प देखाउँदै जिनले कुनै अवरोध बिनाप्रसारण जारी राख्यो। जिनबाहेक बेस कब्जा गर्न खटिएका कमाण्डरले पनि रेडियोमा प्रसारण गर्न थाले। उनले सैनिकहरूलाई मिन आङ लाइङको कुकुर भन्दै आफ्नो देशलाई धोका दिएको आरोप लगाए।
सैनिकहरूले पनि उनीहरूको अपमानको जवाफ दिन्छन्। थप सेना र खाद्यान्न आपूर्तिबाट वञ्चित यी सिपाहीहरू देशमा शासन गर्नु सिपाहीहरूको अधिकार र उनीहरूको भाग्य हो भन्ने विश्वासमा अडिग छन्।
दुवैतर्फको वैचारिक खाडललाई पूरा गर्न सकिएन। केही समयकाे भिडन्तपछि विद्रोही लडाकुहरू पछि हटे।
हजारौँ मानिसहरूले आफ्नो पढाइ र करियर छोडे
यो वैचारिक लडाइँभन्दा पनि पुस्तादेखि पुस्ता चल्ने युद्ध हो।
युवा शक्तिको विरुद्धमा छन्, नयाँ व्यवस्था जुन पुरानो व्यवस्थाबाट मुक्त हुन चाहन्छन्। यी तिनै युवा हुन्, जसले असफल आन्दोलनको बारेमा सुनेका छन् र अब यो आफ्नो पालो हो भन्ने निर्णय गरेका छन्।
आधा शताब्दीको सैन्य शासनपछि म्यान्मारले सन् २०१५ मा सुकी र उनको नेशनल लिग फर डेमोक्रेसीसँग प्रजातन्त्र देखेकाे छ।
यस अवधिमा धेरै समस्याहरू पनि आए, तर पनि धेरै युवाका लागि यो अवधि देशको इतिहासमा स्वतन्त्रताको सुनौलो पल थियो।
लोकतन्त्र समाप्त भयो र शान्तिपूर्ण प्रदर्शनकारीहरूले हत्या र गिरफ्तारीको सामना गरे। विद्रोह गर्नेहरूमध्ये धेरैले हतियार उठाउनुको विकल्प नभएको बताए।
हजारौँ डाक्टर, गणितज्ञ, मार्शल आर्ट लडाकु र याङ्गुन जस्ता प्रमुख सहरका विद्यार्थीहरूले आफ्नो पढाइ र करियर त्यागे र सैन्य शासनविरुद्ध काम गर्ने विद्रोही समूहहरूमा सामेल भए।
यस मोर्चामा रहेका सबै लडाकुहरू २५ वर्षभन्दा कम उमेरका छन्।
केरेन नेसनलिटी डिफेन्स फोर्स (केएनडीएफ) का २२ वर्षीय नाम रिले आफू विद्रोही समूहमा सामेल हुनुकाे कारण खुलाउँदै भन्छन्, ‘ती कुकुरहरू (सामान्यतया सेनालाई अपमान गर्न प्रयोग गरिने शब्द) ले अन्याय गरेको छ। उनीहरुले अंवैधानिक विद्रोह गरेका छन्। हामी युवाहरू यसबाट दुखी छौँ।’
नाम रीले बारुदको बेल्ट लगाएका छन्। वरपरका अधिकांश पुरुषहरूभन्दा फरक देखिन्छन्। उनीसँग ब्यालिस्टिक हेलमेट छ तर विद्रोहीहरूसँग शारीरिक कवच छैन।
केएनडीएफको आगमनले बलियाे बन्याे विद्रोही समूह
केएनडीएफ युवा लडाकु र कमाण्डरहरूको समूह हो, जुन कू पछि देखा पर्यो।
कारेन्नी राज्यमा विद्रोही समूहका मानिसहरू दशकौँदेखि सेनाविरुद्ध लड्दै आएका छन्, तर अहिले केएनडीएफको आगमनसँगै यी विद्रोहीहरूले धेरै सफलता पाएका छन्।
गत वर्ष अक्टोबर २७ मा विद्रोहीको एउटा समूहले देशको उत्तरी भागमा रहेको सैन्य चौकी कब्जा गरेपछि सैनिक शासनविरुद्धको वातावरण विकसित हुन थाल्यो। त्यसयता देशका दर्जनौँ सहर सशस्त्र विद्रोहीको हातमा परेका छन्।
सेनाले अझै पनि ठूला सहरहरू नियन्त्रणमा राखेको छ, तर ग्रामीण क्षेत्र र म्यान्मारको सिमानामाथिको नियन्त्रण क्रमशः घट्दै गइरहेको छ।
केएनडीएफले यो र अन्य विद्रोही समूहहरूले कारेन्नी राज्यको ९० प्रतिशत हिस्सा आफ्नो नियन्त्रणमा लिएको बताइएकाे छ। यो सानो क्षेत्र हुनसक्छ तर यो प्रतिरोधको एक प्रमुख केन्द्र भएको छ।
केएनडीएफका उपकमाण्डर माउई फो थाइके आँपको रूखको छाँयामा बसिरहेका छन्। मांसपेशी भएको थाइकेको हातमा ट्याटु छ।अमेरिकामा अध्ययन गरेका वातावरणविद् थाइकेले तीन वर्षअघि पहिलो पटक बन्दुक उठाएका थिए।
उनी सैन्य जमातलाई सरकार मान्दैनन्। अहिले सिंगो देश सेनासँग लडिरहेको उनको भनाइ छ। ‘रणनीति परिवर्तन हुँदैछ’, थाइके भन्छन्। अहिले समन्वयमा आक्रमण भइरहेको छ।
केएनडीएफसँग लडाकुहरूको कमी छैन तर हतियार र गोलाबारुदको आपूर्ति कम छ। यो विद्रोहले आफ्नो अधिकांश रकम अन्य देशमा बस्ने म्यान्मारका जनताबाट पाउँछ।
‘हामीसँग हृदय छ, हामीसँग नैतिकता छ, हामीसँग पर्याप्त मानवता छ,’ थाइके भन्छन्, ‘विद्रोही समूहहरूलाई बलियो बनाए यसरी नै हामी उनीहरुलाई हराउन गइरहेका छौँ।’
उनको हातमा रहेको ट्याटुमा ‘फ्रीथिंकर’ लेखिएको छ। आफूलाई स्वतन्त्र ठान्ने उनी भन्छिन्, ‘बर्दीमा होइन तर म स्वतन्त्र व्यक्ति हुँ।’
छुट्टै संसार छ म्यानमार
म्यान्मार प्रवेश गर्नु भनेको बिर्सिएको युद्ध मात्र होइन, बाहिरी संसारबाट अलग भएको देशको भ्रमण गर्नु पनि हो।
करेन्न राज्यमा अधिकांश मोबाइल फोन, नेटवर्क, इन्टरनेट र बिजुली काटिएको छ। सेना ब्याकफुटमा हुनसक्छ तर उनीहरूको बाँकी आधारहरूले राज्यका मुख्य सडकहरू नियन्त्रण गर्छन्।
हपासांगबाट ६० किलोमिटर टाढा डेमोसो पुग्न १० घण्टा लाग्छ। यो यात्रामा कच्चा र कच्चा बाटो, पहाड र खोलाहरू हुँदै गुञ्जिनुपर्छ। त्यही नजिकैको मोआबी सहरमा रहेको सैन्य आधारमा केही समयअघि हमला भएको थियो, जहाँ २७ विद्रोही लडाकुहरू मारिएका थिए।
धेरै केएनडीएफ लडाकुहरू जंगलमा अवस्थित अस्पतालमा ओछ्यानमा सुतेका छन्। कोही मुस्कुराउँछन् र थम्ब्स अप दिन्छन्। अधिकांशले हात र खुट्टा गुमाइसकेका छन्।
आधारमा भएको आक्रमणमा २३ वर्षीय ओङ ग्लेको तिघ्राको नसामा किला अड्किएको थियो, जसले गर्दा उनको देब्रे खुट्टा सुन्निएको थियो। ओङ बोल्न सक्दैनन् र बोल्न खाेज्दा रुन थाल्छन्। उनी रोएको देखेर उनका साथीहरू सम्झाउन थाल्छन्।
उनको शल्यक्रिया गर्न लामो दूरीको यात्रा गर्दै थाइल्याण्ड जानुपर्ने भएको छ। तर उनी डिप्रेसनमा गएकाे डाक्टरकाे भनाइ छ।
चल्दैछ युद्ध
धेरै अवस्थामा यो युद्ध शताब्दीयौँदेखि चलिरहेको छ। मोआबमा लडाइँ धेरै दिनसम्म चलेको थियो, अगाडिको पैदल सेनाले सैन्य बंकरहरूमा पनि नजिकको दायरामा आक्रमण गरेको थियो।
एक जनाको हातखुट्टा र पेटमा धेरै चोट लाग्याे। घाइते व्यक्तिले ग्रेनेडले भएकाे बताए। खासमा उनीहरूले आफ्ना एक कमाण्डरलाई बचाउन जाँदा घाइते भएका थिए। उनी भन्छन्, ‘यस ठाउँको रक्षा गर्नु भनेको हाम्रो लागि आफ्नो घरको रक्षा गर्नुजस्तै हो।’
केएनडीएफ ग्राजुएशन
जङ्गलको बीचमा कतै बजरी मैदानमा स्नातक समारोह भइरहेको छ। हरेक श्रेणीका नयाँ लडाकुहरू मार्चपास गरिरहेका छन्। उनीहरु सबैले केएनडीएफको नेतृत्वलाई सलाम गर्दै छन् र रबरको जुत्ताको धुलो उडाइरहेका छन्।
केटाहरू र केटीहरू वारियर नामको अंग्रेजी गीतसँग मार्च गर्दै र आफ्नो स्टेपहरू मिलाउँदै छन्। जुन यस प्रकार छ–
‘मैदान छोड्ने अन्तिम व्यक्ति थिएँ तर मैदान छोड्ने म पहिलो थिएँ।’
हे भगवान, म बूढो हुनुअघि मलाई मृत्युको परिचय दिनुहोस्।
म सिपाही हुँ र अगाडि बढिरहेको छु।
म एक योद्धा हुँ र यो मेरो गीत हो।'
यसपटक कीर्तिमानी संख्यामा ५ सय नयाँ भर्ना भएका छन्।
सिपाहीको अभावमा परेको सैनिक जन्टाले भर्ना आदेश लागू गरेपछि रैंकमा असर परेको थियो। त्यसपछि सयौँ युवा क्रान्तिमा सामेल हुन विद्रोही क्षेत्रतर्फ दौडे।
बाँसकाे बन्धुकबाट तालिम लिइरहेका उनीहरू एक महिनापछि वास्तविक बन्दुकहरू चलाउनेछन्। त्यसपछि हुनेछ मृत्युको लडाइँ। बीसीकाे सहयाेगमा
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया