बिएल संवाददाता
बलिउड अभिनेता आमिर खानको करियरको उत्कृष्ट फिल्ममध्ये एक हाे, ‘जो जीता वही सिकन्दर’।
हालै यो चलचित्रले रिलिज भएको ३१ वर्ष पूरा गरेको छ। फिल्मले त्यतिबेला पनि दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो र आज पनि दर्शकले यो फिल्म हेर्न रुचाउँछन्।
हालैको एक अन्तर्वार्तामा फराह खानले फिल्मसँग जोडिएको एउटा रमाइलो घटना बताएकी छन्।
रेडियो नशालाई दिएको एक अन्तर्वार्तामा फराह खानले ‘पहला नशा’ गीतको कोरियोग्राफ गर्ने मौका पाएकाेबारे बताएकी थिइन्।
सुरुमा स्वर्गीय कोरियोग्राफर सरोज खानले कोरियोग्राफर गरिने बताएकाे थियाे तर संयोगले पछि उनले यो गीत कोरियोग्राफ गर्ने मौका पाइन्।
फराहका अनुसार सरोज खान ‘पहला नशा’ को सुटिङ गर्न लागेकी थिइन्। तर अचानक उनी श्रीदेवी र माधुरीसँग शूट गर्न मुम्बई गइन्। तर फर्किइनन्।
त्याेबेला फराह पनि केही शोको कोरियोग्राफी गरिरहेको बताइन्। उनलाई निर्देशक मन्सूर खानले बोलाएर उक्त गीतको काम सम्हाल्न भनेका थिए। यदी सुटिङ रोकिएको थियाे भने उनीहरूले पैसा गुमाउनुपर्थ्याे।
पहिलो नशा गीत आमिर खान, आयशा झुल्का र पूजा बेदीमा फिल्माइएको गीत थियो। यस गीतको एक दृश्यमा पूजाले मर्लिन मुनरो स्टाइलमा पोज दिनुपर्ने थियाे।
गीतको कोरियोग्राफी गरेकी उनले आफ्नो सिर्जनशीलताले गीतमा स्लो मोशन थपिन् र सपनाजस्तै तयार गरिन्।
तर त्याेबेला नसाेचेकाे घटना भइदियाे। गीतमा पूजा बेदी कारमा उभिनुपर्ने थियाे तर त्यहीबेला केही कर्मचारीले पंखाले पूजाकाे र्स्कट उडाइदियाे। त्याे घटना सम्झिदा अझैपनि राेकिँदैन फराहकाे हाँसाे।
फ्यानको मद्दतले उनको स्कर्ट तलबाट उडाएको बताइन्। त्यसपछि के भयो सम्झँदा फराहले हाँसो रोक्न सकिनन्।
भलै, पूजाकाे कपडा पंखाले उडाएकाे थियाे तर उनी बिन्दास थिइन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया