बिएल संवाददाता
पर्यटनको राजधानी पोखरामा राष्ट्रिय धान दिवस धुमधामका साथ मनाइने भएको छ।
पोखरा पर्यटन परिषद्को आयोजनामा यही असार १५ गते पाेखरा महानगरपालिका- २३ पामे, फेवा फाँटमा दिवस मनाउन लागिएकाे हाे। कृषिलाई पर्यटनसँग जाेड्न उद्देश्यका साथ दिवस मनाउन लागिएकाे हाे।
आयोजक पोखरा पर्यटन परिषद्का द्वितीय उपाध्यक्ष तारानाथ पहारीले कार्यक्रमले स्थानीय संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने बताए।
असारे नाच प्रदर्शनी र धान रोपाइ मुख्य आकर्षक रहेकाे कार्यक्रममा पर्यटक हिले दौड, टग अफ वार प्रतियोगिता, माछा पकड्ने प्रतियोगिता, पत्रकारको हिले दौड र महिला हिले दौडजस्ता रमाइला गतिविधिहरू पनि समावेश गरिएकाे छन्।
गण्डकी प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र नेपाल पर्यटन बोर्ड कार्यक्रमका मुख्य प्रवर्द्धक रहेका छन्। पोखरा महानगरपालिकाले सहयोगी भूमिका निभाउँदैछ। भने, स्थानीय स्तरमा मार्गी बगर टोल विकास संस्थाले आयोजनामा सहभागिता जनाएको छ।
यस कार्यक्रमले पोखराको पर्यटन क्षेत्रलाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ। स्थानीय संस्कृति, परम्परा र कृषि प्रणालीसँग पर्यटकहरूलाई परिचित गराउँदै पोखराको पर्यटन विकासमा नयाँ मोड ल्याउने विश्वास आयोजकहरूको रहेको छ।
यसले गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा नयाँ उत्साह थप्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने आशा पनि गरिएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया