बुधबार, २७ अगस्ट २०२५

बाढी–पहिरोबाट १ सय ३ जनाको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी पहिरो लगायतका विपद्मा परेर हालसम्म एक सय तीन जनाको मृत्यु भएको छ।

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जना गरी जम्मा एक सय तीन जनाको मृत्यु भएको हो। 

साथै काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा आठ जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौं जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिमा ११ जना गरी एकसय नौं जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ। बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना र गण्डकी प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ६ जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी छ।

बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन्। १ सय ८९ वटा घर, ७२ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।
५ सय ९ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ५ सय ४७ घर परिवार विस्थापित भएका छन्।
 

शनिबार, असार २९, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)